advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३५१ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४८४ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२६० मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सिन्धुपाल्चोकमा ८ हजार घर ठडिए, ४६ हजार पुनर्निर्माण हुँदै

   माघ १२, २०७४        792        ऊर्जा खबर/सिन्धुपाल्चोक

विनाशकारी भूकम्प गएको ३२ महिनाभित्र सिन्धुपाल्चोकमा ८ हजार घरको पुनर्निर्माण पूरा भएको छ । अहिले ४६ घर पुनर्निर्माण चरणमा छन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुसभित्र अन्तिम समयसीमा तोक्दै भुकम्पपीडितलाई ताकेता गरेपछि पछिल्लो दुई महिनामा पुनर्निर्माणले गति लिएको छ ।

पुनर्निर्माण अनुदानको पहिलो किस्ता प्राप्त गरेपछि सरकारी मापदण्डअनुसार नै जिल्लाका विभिन्न गाउँ, नगरमा गरी ४६ हजार पीडितले धमाधम घर बनाइरहेको प्राधिकरण समन्वय समिति सिन्धुपाल्चोकले जनाएको छ ।

पुनर्निर्माण राम्रो प्रगति दिएको र पछिल्लो दुई महिनामा निजी आवास पुननिर्माणले गति लिएको भवन निर्माण डिभिजन कार्यालयका इन्जिनियर टंकप्रसाद गौतमले जानकारी दिए ।

पछिल्लो तथ्यांकअनुसार ३५ हजार २ सय ९५ ले दोस्रो किस्ता रकम लिन निवेदन दिएका छन् । तीमध्ये ३५ हजार १ सय २१ लाई दोस्रो किस्ता प्रमाणीकरण र सिफारिस भइसकेको छ ।

हालसम्म ५ हजार २ सय ६० ले तेस्रो किस्ता लिन निवेदन दिएका छन् । तीमध्ये ५ हजार १ सय २९ का लागि रकम निकासा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7