advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३६८ मेगावाट
  • निजी क्षेत्र : २३७ मेगावाट
  • भारत : ४६७ मेगावाट
  • लोडसेडिङ : ४० मेगावाट (उद्याेग)
  • माग : १११२ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

पहिलो लटमा ४० लरी पाइप नेपाल भित्रियो

   माघ १४, २०७४        2186        ऊर्जा खबर/काठमाडौं

बहुप्रतिक्षित अमलेखजन्ज-रक्सौल-मोतीहारी ‘पेट्रोलियम प्रोडक्ट पाइप लाइन’ परियोजना निर्माणका लागि ४० लरी पाइप नेपाल भित्रिएको छ । भारतीय आयल कर्पोरेशन (आइओसी) ले नेपालतर्फ निर्माण गर्ने आयोजनाको पहिलो लटको पाइप वीरगन्ज भन्सारबाट भित्रिएको हो ।

पहिलो लटमा २ हजार ७ सय २४.२३ मिटर पाइप भित्रिएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । निगमका अनुसार महाराष्ट्रको सिमलेस उद्योगले उत्पादित पाइप आयात गरिएको हो । पहिलो लटमा आयात भएको पाइपको आइओसीले चेक जाँच गरेको निगमले जनाएको छ । एउटा लरीमा ३५ वटासम्म पाइप ढुवानी गरिएको छ ।

पाइप नेपाल आइपुगेकाले बिछ्याउने काम पनि चाँडै सुरु गरिने गोइतले बताए ।

‘नेपालतर्फ बिछ्याउने पाइप आइसकेको छ,’ उनले आइतबार ऊर्जा खबरसँग भने, ‘परियोजना निर्माण स्थानमा देखिएका समस्या समाधान गरेर काम अघि बढाउँदै छौं ।’

पाइप आएपछि २ वर्षदेखि अघि बढ्न नसकेको पाइप लाइन निर्माणको कामले गति लिने पनि उनले बताए ।

नेपाल र भारतको संयुक्त लगानी रहने परियोजना निर्माण सुरु भएको ३० महिनामा पूरा गर्ने लक्ष्य राखिएको छ । परियोजना निर्माण गर्न २०७२ भदौ ७ गते दुई देशबीच सम्झौता भएको थियो ।भारतको मोतिहारीदेखि अमेखगन्जसम्म ८० किलोमिटर पेट्रोलियम पाइप लाइन मध्ये नेपालतर्फ ३७ किलोमिटर पर्दछ ।

परियोजना निर्माण गर्न २ अर्ब ७५ करोड भारु लागत अनुमान गरिएको छ । जसमध्ये भारतले २ अर्ब भारु र नेपालले ७५ करोड भारु लगानी गर्नेछ ।
परियोजना निर्माण पश्चात पाइप लाइनबाट प्रतिघन्टा ३ लाख लिटर तेल आयात हुनेछ । पाइप लाइन संचालनमा आएपछि निगमको ७० करोड रुपैयाँ ट्याङ्कर ढुवानी भाडा जोगिने छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7