advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३६८ मेगावाट
  • निजी क्षेत्र : २३७ मेगावाट
  • भारत : ४६७ मेगावाट
  • लोडसेडिङ : ४० मेगावाट (उद्याेग)
  • माग : १११२ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

बुटवल पावर कम्पनीको एफपिओ बिक्री खुल्यो

   माघ १५, २०७४        2006        ऊर्जा खबर/ काठमाडौं

बुटवल पावर कम्पनी (बिपिसी) को नयाँ सेयर (फर्दर पब्लिक अफरिङ–एफपिओ) बिक्री खुल्ला भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता ५ सय १ रुपैयाँका दरले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँबराबरको एफपिओ बिक्री खुल्ला गरेको हो ।

साधारण सेयरको प्रतिकित्ता मूल्य १ सय रुपैयाँमा ४ सय १ रुपैयाँ प्रिमियम थप गरी ४० लाख ८१ हजार कित्ता सेयर बिक्री खुल्ला गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सेयर खरिदकर्ताले आज (सोमबार) देखि आगामी १९ गतेभित्र आवेदन दिनुपर्ने छ । खरिदकर्ताले न्युनतम १० देखि बढीमा २० हजार ४ सय कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

सेयर निष्कासन तथा बाँडफाँटका लागि एनएमबी क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।
सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी बढेर २ अर्ब २१ करोड ८६ लाख रुपैयाँ पुग्नेछ ।

सेयर बिक्रीबाट संकलन भएको पुँजी निर्माणाधीन ३७.६ मेगावाटको काबेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनामा लगानी गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको एफपिओ खरिदकर्ताले चालु आर्थिक वर्षको मुनाफाको लाभांश पनि प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7