advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३२४ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४५६ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२०५ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

पेट्रोल, डिजेल र हवाई इन्धन भारतभन्दा सस्तो

   माघ १५, २०७४        1918        ऊर्जा खबर/काठमाडौं

नेपालले सबै प्रकारका पेट्रोलियम पदार्थ भारतबाट आयात गरेर बेच्ने गर्छ । उताबाट खरिद गरेर ल्याउँदा ढुवानी तथा करसमेत जोडिँदा महँगो हुन्छ । तर, नेपाल आयल निगमले भने भारतभन्दा सस्तो मूल्यमा बिक्री गर्दै आएको छ ।

निगमले देशभर पेट्रोल डिजेल र आन्तरिक तथा बाह्य हवाई इन्धन सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ । भारतका विभिन्न डिपोको खुद्रा मूल्यको तुलनामा नेपालमा पेट्रोल १७.९६ रुपैयाँ सस्तो रहेको निगम अर्थ तथा प्रशासनका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बताए ।

साहका अनुसार निगमले बिक्री गर्ने डिजेल प्रतिलिटर २३.८८ रुपैयाँ, आन्तरिक हवाई इन्धन ९.४३ रुपैयाँ र अन्तराष्ट्रिय हवाई इन्धन भारतीय बजारमाभन्दा २१.७० रुपैयाँ सस्तो छ ।

‘रक्सौलमा १२०.९६ रुपैयाँ पर्ने पेट्रोल नेपाली बजारमा १ सय ३ रुपैयाँमा बिक्री वितरण हुन्छ,’ उनले भने, ‘दुई साताअघि समायोजन भएको मूल्यअनुसार आइओसीको खुद्रा र नेपाललाई उपलब्ध गराउने पेट्रोलियम मूल्य फरक भएकाले नेपालमा सस्तो छ ।’

नेपालमा २०७० फागुनमा पेट्रोलियम पदार्थको मूल्य बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । पेट्रोलको मूल्य १ सय ४० डिजेल, मट्टीतेल १ सय ९ र हवाई इन्धनको मूल्य १ सय ४३ रुपैयाँ पुगेको थियो ।

नेपालको खुद्रा मूल्य सस्तो हुने भएकाले भारतसँग सीमा जोडिएका जिल्लामा पेट्रोलियम पदार्थको तस्करी हुने गरेको निगमले बताउँदै आएको छ । नेपाल प्रवेश गर्ने गाडीले नेपालका पम्पबाट भर्ने पेट्रोलियम पदार्थ भारत पुग्ने गरेको निगमको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7