advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३२४ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४५६ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२०५ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

पञ्चकन्या माईको सेयर खरिद गर्न माघ २३ गतेसम्म आवेदन दिन सकिने

   माघ १८, २०७४        3368        ऊर्जा खबर / काठमाडौँ

पञ्चकन्या माई हाइड्रो पावर कम्पनीले स्थानीयका लागि छुट्याइएको सेयर बिक्री गर्ने म्याद ३ दिन थप गरेको छ । इलाममा सञ्चालित १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत आयोजना प्रभावितका लागि छुट्याइएको १० प्रतिशत सेयर खरिद गर्ने सबै स्थानीयलाई आवेदनको अवसर दिन म्याद थप गरिएको हो ।

गत माघ ५ गतेबाट बिक्री खुल्ला गरिएको सेयर खरिदका लागि इलाम नगरपालिका र सन्दकपुर गाउँपालिका स्थानीयले अब २३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीका कार्यकारी निर्देशक सन्तोष प्रधानले बताए ।

उनका अनुसार १३ दिनको अवधिमा आयोजनाको सेयर खरिदका लागि परेको आवेदनबाट २५ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ । ११ करोड रुपैयाँबराबरको ११ लाख कित्ता सेयर निष्कासन गरिए पनि स्थानीयको उत्साहजनक सहभागिताका कारण २३ गतेसम्ममा ३ गुणा बढी आवेदन पर्ने देखिएको कम्पनीले जनाएको छ ।

सन्दकपुरबासीका लागि ६ लाख ६० हजार र इलाम नगरपालिकाका स्थानीयका लागि ४ लाख ४० हजार कित्ता सेयर छुट्याएर बिक्री खुल्ला गरिएको छ । सेयर खरिद गर्न सनराइज बैंक र प्रभु बैंकको इलाम शाखा, सन्दकपुर गाउँपालिका तथा आयोजनाको माबुस्थित कार्यालयमा स्थानीयको भिड लागेको छ ।

खरिदकर्ताले न्युनतम २० देखि अधिकतम ५ हजार ५ सय कित्ता सेयर खरिद गर्न आवेदन दिइरहेको कम्पनीले जनाएको छ । सेयर निष्कासन तथा बाँडफाँट गर्न सनराइज क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई जिम्मा दिइएको छ ।

स्थानीयका लागि छुट्याइएको सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि १० प्रतिशत सेयर निष्कासन गर्ने कम्पनीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7