advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३२४ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४५६ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२०५ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

पेट्रोल, डिजेल र हवाई इन्धन महँगियो

   माघ १८, २०७४        1491        ऊर्जा खबर /काठमाडौं

नेपाल आयल निगम (एनओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य एकै पटक बढाएको हो ।

पेट्रोलमा प्रतिलिटर १ र डिजेल तथा मट्टीतेलमा २/२ रुपैयाँ समायोजन गरिएको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए । निगमका अनुसार आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रियमा प्रतिकिलो लिटर १ सय डलर समायोजन गरिएको छ ।

भारतीय आयल कर्पोरेशन (आइओसी) ले निगमले खरिद गर्ने पेट्रोलियमको मूल्य बढाएर पठाएकाले स्थानीय बजारमा पनि स्वचालित मूल्य अनुसार समायोजन गरिएको उनको भनाई छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बढेकाले आइओसीले पनि निगमलाई बढाएर पेट्रोलियम पठाएको हो ।

नयाँ मूल्य अनुसार अब १ लिटर पेट्रोलका लागि १ सय ४ रुपैयाँमा तिर्नुपर्नेछ ।

यस्तै, डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य ८३ रुपैयाँ पुगेको छ । समायोजन गरिएको मूल्यबाट पेट्रोलमा २.०१ रुपैयाँ नाफा र डिजेज तथा मट्टीतेलमा ३.३७ रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।

यस्तै, आन्तरिक हवाई इन्धनको प्रतिलिटर ९५ रुपैयाँ तथा अन्तर्राष्ट्रियको प्रतिकिलो लिटर १ हजार डलर पुगेको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्यमा भने परिवर्तन गरिएको छैन ।

मूल्य समायोजन गर्दासमेत भारतमा भन्दा पेट्रोल प्रतिलिटर २१.५२ रुपैयाँ र डिजेल २७.३४ रुपैयाँ सस्तो रहेको गोइतले जानकारी दिए ।

मूल्य समायोजनपछि १५ दिनमा १४ करोड ९६ लाख रुपैयाँ घाटा हुने निगमको दाबी छ । निगमले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7