advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३२४ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४५६ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२०५ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

पूर्वाधार कर १६ अर्ब, बूढीगण्डकीमा खर्च हुनै सकेन

   माघ १९, २०७४        1897        ऊर्जा खबर / काठमाडौँ

नेपाल आयल निगम (एनओसी)ले १ हजार २ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत् आयोजना निर्माण गर्न १६ अर्ब १४ करोड रुपैयाँ पूर्वाधार कर संकलन गरेको छ ।

निगमले डेढ वर्षको अवधिमा डिजेल, पेट्रोल र हवाई इन्धनको आयातमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर लगाएर आयोजनामा लगानी हुने रकम उठाएको हो ।

चालु आर्थिक वर्षको ६ महिनामा मात्रै ५ अर्ब ५५ करोड रुपैयाँ संकलन भइसकेको निगमले जनाएको छ । आर्थिक वर्ष २०७३/७४ मा ९ अर्ब ४३ करोड र २०७२/७३ मा १ अर्ब १६ करोड रुपैयाँ संकलन भएको थियो ।

२०७३ जेठ १५ गते सार्वजनिक भएको आर्थिक वर्ष २०७३/७४ को बजेटमा बूढीगण्डकी आयोजना स्वदेशी लगानीमा निर्माण गर्न पेट्रोलियम पदार्थमा पूर्वाधार कर लगाउने घोषणा गरिएको थियो ।

भन्सार विभागले नेपाल भित्रने पेट्रोलियममा भोली पल्ट जेठ १६ गतेबाट बजेटको घोषणा कार्यान्वयन गर्नेक्रममा पूर्वाधार कर उठाउन सुरु गरेको थियो ।

डेढ वर्षयता नियमितरुपमा उठिरहेको पूर्वाधार करको रकम आयोजना विकासमा खर्च गर्न सकेको छैन । पूर्वाधार करबाट बूढीगण्डकीका लागि वार्षिक साढे ९ अर्ब रुपैयाँबराबरको लगानी उठिरहेको छ । यसरी उठेको रकम सरकारको खातामा जम्मा भइरहेको निगमले जनाएको छ ।

याे पनि पढ्नुहाेस्

आन्दोलन चर्काउने बूढीगण्डकी प्रभावितको चेतावनी

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7