advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३२४ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४५६ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२०५ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

कालिका पावरको साधारण सेयर बिक्री खुल्यो

   माघ २१, २०७४        3306        ऊर्जा खबर/काठमाडौं

कालिका पावर कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गरेको छ । कम्पनीले गोरखाको मुच्चोकमा सञ्चालित ६ मेगावाटको दरौंदी ‘ए’ जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याइएको १० प्रतिशत सेयर बिक्री खुल्ला गरेको हो ।

१ सय रुपैयाँ अंकित ६ करोड रुपैयाँ मूल्यबराबरको ६ लाख कित्ता सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । आयोजनामा लगानी गर्न इच्छुकले न्युनतम १० देखि अधिकतम ३ हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले आयोजनाको चनौटेस्थित कार्यालय, सांग्रिला विकास बैंकको गोरखा, आरुघाट, घ्याम्पेसाल, पालुङटार र छेवेटार शाखाबाट आवेदन दिनसक्ने छन् ।जिल्लाको भीमसेन, सिरानचोक, अजिरकोट, सुलिकोट, गाउँपालिका र गोरखा नगरपालिकाका स्थानीयले आयोजनाको सेयर खरिद गर्न पाउने छन् ।

आइतबारबाट बिक्री खुल्ला भई चाँडोमा फागुन ६ तथा ढिलोमा २१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सेयर निष्कासन तथा बाँडफाँट गर्न क्यापिटल मार्केट्स लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।

स्थानीयलाई छुट्याइएको सेयर बाँडफाँटपछि सर्वसाधारण र कम्पनीमा कार्यरत कर्मचारीका लागि १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता निष्कासन गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7