विद्युत आपूर्ति

  • प्राधिकरण : ७८८२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७९९७ मे.वा. घन्टा
  • भारत : ६३४८ मे.वा. घन्टा
  • ट्रिपिङ : १५०० मे.वा. घन्टा
  • माग : २३६२७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

मोबाइलमा पैसा सकियो, कुरा गरिरहनुस् फोन काटिँदैन

   माघ २२, २०७४        2012        ऊर्जा खबर/काठमाडौं

एकपछि अर्को आधुनिक सेवा प्रदान गर्दै आएको नेपाल टेलिकमले सोमबारदेखि नयाँ सेवा सञ्चालनमा ल्याएको छ । कम रकम भएको प्रिपेड मोबाइलबाट कुरा गरिरहँदा फोन काटिने समस्या अन्त्य गर्दै वार्ता निरन्तर हुने सेवा ल्याएको हो ।

यो सेवामार्फत मोबाइलमा ब्यालेन्स अर्थात् रकम सकिए पनि टेलिकमले तुरुन्तै ऋण वा थप रकम उपलब्ध गराउनेछ । र, निरन्तर कुराकानी गर्न सकिनेछ । आफ्नो १४औं वार्षिक साधारणसभाका अवसरमा उक्त सेवा सञ्चालनमा ल्याइएको हो ।

यस्तो ऋण रकममा कुनै ब्याज वा शुल्क नलाग्ने टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् । ‘अग्रिम उपलब्ध गराइएको रकम ग्राहकले पछि चार्ज गर्दा त्यसबाट आंशिक काटिँदै जानेछ,’ उनले भनिन्, ‘यसले ग्राहकलाई थप सुविधा पुग्ने विश्वास लिइएको छ ।’

पूर्ण सरकारी निकायबाट कम्पनीमा रूपान्तरण हुँदा टेलिकमका ग्राहक ४३ लाख २२ हजार थिए । अहिले त्यो संख्या बढेर १ करोड ८५ लाख पुगेको जनाइएको छ । यस्तै, आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले २४ अर्ब ५४ करोड रुपैयाँ राजस्व बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7