advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३६८ मेगावाट
  • निजी क्षेत्र : २३७ मेगावाट
  • भारत : ४६७ मेगावाट
  • लोडसेडिङ : ४० मेगावाट (उद्याेग)
  • माग : १११२ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

टेलिकमको इन्टरनेट प्रयोगकर्ता ८९ लाख

   माघ २३, २०७४        690        ऊर्जा खबर/काठमाडौं

नेपाल टेलिकमको इन्टरनेट अर्थात् डाटा प्रयोग गर्ने ग्राहकको संख्या ८९ लाख भन्दा बढी पुगेको छ । सेवा विस्तारसँगै गुणस्तरमा पनि ध्यान पुर्याउँदै गएपछि प्रयोगकर्ता बढेका हुन् ।

आर्थिक वर्ष २०७२/७३ मा इन्टरनेट प्रयोग गर्ने ग्राहक ७६ लाख २ हजार रहेकोमा १०.७७ प्रतिशतले वृद्धि भई २०७४ असारसम्म ८४ लाख २१ हजार पुगेको थियो । यो संख्या मंसिर मसान्तसम्म ८९ लाख ३५ हजार पुगेको टेलिकमले जानकारी दिएको छ ।

अहिलेसम्म इन्टरनेट घनत्व ३१.१२ प्रतिशत पुगेको छ । यस्तै, फोन प्रयोगकर्ता ग्राहकको संख्या १ करोड ८५ लाख ५८ हजार पुगेको छ । र, टेलिघनत्व ६४.६३ प्रतिशत पुगेको जनाइएको छ ।

देशका अति दुर्गम क्षेत्रमा भिस्याट प्रविधिबाट आधारभूत टेलिफोन र मोबाइल सेवा प्रदान गर्दै आएको छ । यस्तै, ४जी, ३जी, २जी, इभिडियो, वाइम्याक्स, वाइफाइ हटस्पटमा आधारित ताररहित लगायत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7