advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३२४ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४५६ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२०५ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

प्राधिकरणले घाेषणा गर्याे- माघ २८ बाट रसुवागढी र सान्जेनको सेयर खुला

   माघ २४, २०७४        15521        ऊर्जा खबर/काठमाडौं

रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी र ५७.३ मेगावाटको सान्जेन निर्माणकर्ता रसुवागढी हाइड्रो पावर लिमिटेड र सान्जेन जलविद्युत् कम्पनीले आगामी आइतबारबाट सेयर निष्कासन गर्दैछन् ।

दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि सेयर जारी गर्न लागेका हुन ।

रसुवागढीको सेयर भर्न २०६८ मंसिर २२ गतेसम्म कायम भई गत पुस २० गतेसम्म बाहल रहेका सबैले सेयर पाउनेछन् । यस्तै, सान्जेनको सेयर २०६८ मंसिरमा कायम भई गत मंसिर २६ गतेसम्म थप भएका कर्मचारीले भर्न पाउनेछन् ।

कम्पनीले सञ्चयकर्ताका लागि सय रुपैयाँ दरका एक करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयर जारी गर्नेछ । यसबाट १ अर्ब ३३ करोड ४२ लाख ९ हजार ५ सय रुपैयाँ उठाउने लक्ष्य छ । सेयर भर्न फागुन ११ गतेदेखि ३० गतेसम्म आवेदन दिनुपर्नेछ ।

संस्थापक संस्थाका कर्मचारीका लागि २३ करोड ९४ लाख ७३ हजार ५ सय रुपैयाँको २३ लाख ९४ हजार ७ सय ३५ किता सेयर जारी गर्दैछ । ऋण दाता संस्थाका कर्मचारीका लागि ६ करोड ८४ लाख २१ हजार रुपैयाँको ६ लाख ८४ हजार २ सय १० कित्ता सेयर जारी हुनेछ ।

सेयर निष्कासनकाे घाेषणा गर्दै रसुवागढी हाइड्राे पावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद काेइराला

उक्त सेयरका लागि चैत ५ गतेदेखि चैत १३ गतेसम्म आवेदन दिन सकिनेछ । सञ्चयकर्ता र संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० कित्तादेखि बढीमा ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदकले सि–आस्बा प्रणालीबाट मात्र सेयर भर्न पाउने व्यवस्था गरिएको छ ।

यसैगरी, सान्जेनले सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि ८७ करोड ६० लाख रुपैयाँको २४ प्रतिशत सेयर छुट्ट्याएको छ । उनीहरूले क्रमशः १९.५, ३.५ र १ प्रतिशत सेयर पाउनेछन् ।

सञ्चयकर्ताले ७१ करोड १७ लाख ५० हजार रुपैयाँको पाउनेछन् । यसका लागि आगामी फागुन ११ गतेदेखि ३० गतेसम्म आवेदन दिन सकिनेछ । उनीहरूले न्यूनतम ५० कित्ता र बढीमा ३ सय कित्तासम्म आवेदन दिन पाउनेछन् ।

संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीले १२ करोड ७७ लाख ५० हजार र ३ करोड ६५ लाख रुपैयाँको सेयर पाउनेछन् । उनीहरूले क्रमशः न्यूनतम ५० कित्ता र बढीमा ३ सय कित्ता तथा हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

याे पनि पढ्नुहाेस्

फागुन दोस्रो सातापछि रसुवागढी र सान्जेनको सेयर

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7