advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३२४ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४५६ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२०५ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

विद्युत् चोर भेटिए अब सार्वजनिक मुद्दा (फलोअप)

   माघ २५, २०७४        3839        ऊर्जा खबर/ललितपुर

हुकिङ वा मिटर बिगारेर विद्युत् चोर्ने/चोराउने व्यक्ति वा समूहलाई अब सोझै सार्वजनिक मुद्दा दायर गरिने भएको छ । उपत्यकामै संगठित चोरी बढ्न थालेपछि नेपाल विद्युत् प्राधिकरण यो अभियानमा जुटेको हो ।

चोरी गर्नेलाई निरुत्साहित गर्दै कानुनी बाटोबाट विद्युत् प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन पनि मुद्दा दायर गर्ने योजना बनाइएको प्राधिकरण लगनखेल वितरण केन्द्रका एक उच्च कर्मचारीले बताए ।

जिल्लाका आधा दर्जन बढी ठाउँमा संगठित विद्युत् चोरी फेला पारेपछि प्राधिकरणले नियन्त्रण अभियान आक्रमक बनाएको छ । दुई सातामा तीन सय घरमा अनाधिकृत हुकिङबाट बिजुली बाल्ने घरको तार नियन्त्रणमा लिएको छ । उनीहरूबाट १० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ ।

प्राधिकरण लगनखेल वितरण केन्द्रले दुई सातादेखि दैनिक रुपमा प्रहरी र स्थानीय तहका जनप्रनिधिको साथ लिएर चोरी हुने स्थानमा अनुगमन गरिरहेको छ । र, चोरेर विद्युत् बाल्नेबाट धमाधम जरिवाना सहित महसुल असुल गरेको छ ।

लखनखेल वितरण केन्द्रले बनाएको टोलीले गोदावरी नगरपालिका–१२ ठेचोबाट विद्युत् चोरीमा प्रयोग गरेको पानी ताल्ने मोटर र फ्रिज जफत गरेको छ । ठूलीमाया बलामीको घरबाट फ्रिज र मंगलदास महर्जनको घरबाट पानी तान्ने मोटर नियन्त्रण गरिएको जनाइएको छ ।

उपकरण नियन्त्रणमा लिएपछि चोरहरू भागाभाग गरेको केन्द्रका एक कर्मचारीले ऊर्जा खबरलाई जानकारी दिए । लगनखेल वितरण केन्द्रले अहिलेसम्म विभिन्न स्थानमा गरी ३० जनाभन्दा बढीलाई कारवाही गरेको छ ।

मिटर जडान गर्न आवेदन दिनेको चाङ

प्राधिकरणले आक्रमकरूपमा चोरी नियन्त्रण अभियान सञ्चालन गरेपछि लखनखेल वितरण केन्द्रमा मिटर जडान गरिदिन भन्दै आवेदन दिनेको संख्या बढेको छ । चोरी गर्नेले मिटर जडान, क्षमता वृद्धिलगायत कामका लागि आवेदन दिएका छन् ।

दैनिक दर्जनौं व्यक्ति आवेदन लिएर आउने गरेको केन्द्रका एक कर्मचारीले बताए । ‘अभियान निकै प्रभावकारी बनेको छ, हामी चुहावट नियन्त्रणलाई तीव्रता दिइरहनेछौं,’ उनले भने । चोरी गर्ने गराउने भेटिए प्राधिकरणले अब मुद्दा दायर गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7