advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३६८ मेगावाट
  • निजी क्षेत्र : २३७ मेगावाट
  • भारत : ४६७ मेगावाट
  • लोडसेडिङ : ४० मेगावाट (उद्याेग)
  • माग : १११२ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

पञ्चकन्या माईका आयोजनाको सेयर खरिद गर्न ५ गुणा बढी आवेदन

   माघ २६, २०७४        3607        ऊर्जा खबर /काठमाडौँ

पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले निर्माण गरेका २ जलविद्युत् आयोजनाको सेयर खरिदका लागि ५ गुणा बढी आवेदन परेको छ । इलाममा सञ्चालित १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ को स्थानीयका लागि छुट्याइएको १० प्रतिशत सेयर खरिद गर्न १५ हजार आवेदन परेको हो ।

इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाका स्थानीयका लागि छुट्याइएको ११ करोड रुपैयाँबराबरको ११ लाख कित्ता सेयर खरिद गर्न परेको आवेदनबाट ५० करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले बताए ।

प्रधानका अनुसार इलाम नगरपालिकाका लागि छुट्याइएको ४ करोड ४० लाख मूल्यको ४ लाख ४० हजार कित्ता सेयर खरिद गर्न साढे ७ गुणा बढी अर्थात ३३ करोड रुपैयाँको आवेदन परेको छ ।

यस्तै, सन्दकपुर गाउँपालिकाका स्थानीयले पाउने ६ करोड ६० लाख रुपैयाँको ६ लाख ६० हजार कित्ता सेयरका लागि साढे २ गुणा बढी (१७ करोड रुपैयाँ ) आवेदन परेको छ । आयोजनामा लगानी गर्न स्थानीयको उत्साहजनक सहभागिता देखिएकाले सबै आवेदकलाई सेयर दिइने प्रधानले बताए । अबको एक महिनाभित्रमा सेयर बाँडफाँट गरिसक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले गत माघ ५ गतेदेखि २३ गतेसम्म स्थानीयका लागि सेयर बिक्री खुल्ला गरेको थियो । स्थानीयको सेयर बाँडफाँट प्रक्रिया पूरा गरेर सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गरिने प्रधानले बताए । कम्पनीले निर्माण गरेको ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ ले गत साउनबाट विद्युत उत्पादन गरिरहेको छ भने १२ मेगावाटको माथिल्लो माई डेढ वर्ष अघिदेखि सञ्चालित छ ।

विद्युत् उत्पादन सुरु गरेको एक वर्षबाट नै कम्पनी नाफामा गएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7