advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३२४ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४५६ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२०५ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

६ महिनामा बागमती आयोजनाको विद्युत् प्रणालीमा थपिने

   माघ २८, २०७४        4328        ऊर्जा खबर/ काठमाडौं

ललितपुर र मकवानपुरको सीमामा निर्माणाधीन २२ मेगावाटको बागमती साना जलविद्युत् आयोजनाको विद्युत् अबको ६ महिनामा राष्ट्रिय प्रणालीमा थपिने भएको छ । ७५ प्रतिशत निर्माण पूरा भएको आयोजनाबाट २०७५ असारमा विद्युत् उत्पादन गर्न लागिएको हो ।

२०७२ जेठबाट निर्माण थालिएको आयोजना निर्धारित तालिका अनुसार सम्पन्न गर्न बाँध, सुरुङ र विद्युत्गृहमा एकसाथ काम भइरहेका आवासीय इन्जिनियर रत्न बम्जनले बताए ।

उनका अनुसार गत शुक्रबार आयोजनाको २४ सय ४० मिटर लामो सुरुङ छेडिएको छ । आयोजनाको सम्पूर्ण सिभिल संरचना निर्माणको जिम्मा लिएको साउथ एसियन इन्फ्रास्ट्रक्चरले साढे २ वर्षमा सुरुङ छेडेको हो । साउथ एसियन नेपाली निर्माण कम्पनी हो । छेडिएको सुरुङमा कंक्रिटिङ सुरु गरेर ५ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको आयोजनाको प्रवर्द्धक माण्डु हाइड्रो पावर कम्पनीले जनाएको छ ।

यस्तै, विद्युत्गृहमा पनि ७० प्रतिशत निर्माण सकिएको छ । विद्युत्गृहमा जडान हुने इलेक्ट्रोमेकानिकल उपकरण आयात तथा जडान भइरहेको बम्जनले बताए ।

आयोजना पूरा भई विद्युत् उत्पादन सुरु भएपछि मकवानपुरको ढोरसिंहस्थित कुलेखानी पहिलोको स्विच स्टेसनमा लगेर जोडिने छ । ४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्राइम बैंकको अगुवाईमा ११ बैंकले कुल लागतको ७० प्रतिशत ऋण लगानी गरेका छन् । ३० प्रतिशत स्वपुँजी लगानी छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7