advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३६८ मेगावाट
  • निजी क्षेत्र : २३७ मेगावाट
  • भारत : ४६७ मेगावाट
  • लोडसेडिङ : ४० मेगावाट (उद्याेग)
  • माग : १११२ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

१२ हजार ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण

   माघ २९, २०७४        2735        ऊर्जा खबर / काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले १२ हजार नयाँ ट्रान्सफर्मर खरिद गर्ने भएको छ । बढ्दो माग र आपूर्ति व्यवस्थापन तथा विद्युतीकरण विस्तार गर्न १०० केभी क्षमताका ट्रान्सफर्मर खरिद गर्न लागिएको हो ।

चीन र भारतबाट १२ सय मेगावाट विद्युत् व्यवस्थापन गर्ने नयाँ ट्रान्सफर्मर खरिद प्रक्रिया अघि बढाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘विद्युत्को माग हरेक वर्ष बढ्दो छ,’ उनले सोमबार ऊर्जा खबरसँग भने, ‘माग अनुसारको आपूर्ति व्यवस्थापन गर्न ट्रान्सफर्मरको संख्या थप्न आवश्यक भएकाले खरिद प्रक्रिया अघि बढाएका छौं ।’

उनका अनुसार प्राधिकरणले २ महिनाभित्र ट्रान्सफर्मर आयात गर्न सुरु गर्नेछ । आयात हुने १२ हजारमध्ये ८ हजार चीन र ४ हजार ट्रान्सफर्मर भारतसँग खरिद गरिने छ । सबै ट्रान्सफर्मर ५ लटमा आयात हुने प्राधिकरणले जनाएको छ ।

१० हजार ट्रान्सफर्मर खरिदका लागि बोलपत्र आह्वान गरिएको र बाँकी २ हजारको पनि प्रक्रिया अघि बढेको घिसिङले बताए । ट्रान्सफर्मर खरिद गर्न १ अर्ब ५० करोड रुपैयाँ खर्च हुनेछ ।

यस्तै, ३ लाख नयाँ मिटर खरिद प्रक्रिया पनि अघि बढेको छ । साढे २ लाख मिटर खरिद गर्न भारतीय कम्पनीसँग सम्झौता भएको प्राधिकरणले जनाएको छ । बाँकी ५० हजारको पनि सम्झौता हुँदैछ । एक वर्षमा ३ लाखभन्दा बढी मिटरको माग आएपछि खरिद प्रक्रिया सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7