advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३२४ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४५६ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२०५ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

माथिल्लो कर्णाली र अरुण तेस्रो बम आक्रमणको इपानद्वारा भत्सर्ना 

   माघ २९, २०७४        1961        ऊर्जा खबर/काठमाडौं

स्वतत्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले भारतीय लगानीमा निर्माण हुने माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनामा भएको बम आक्रमणको भत्सर्ना गरेको छ । इपानले सोमबार विज्ञप्ती निकालेर शनिबार राती भएको आक्रमणको भत्सर्ना गरेको हो ।

घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्ति तथा समुहलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग इपानले गरेको छ ।
माथिल्लो कर्णालीको प्रवर्द्धक जिएमआर र अरुण तेस्रोको प्रवर्द्धक सतलज जलविद्युत् निगमको कार्यालय तथा आयोजना स्थलमा भएको बम आक्रमणप्रति ऊर्जा मन्त्रालयको ध्यानाकर्षण गराइएको छ ।

जलविद्युत् आयोजनामा हुने यस प्रकारका आक्रमणले स्वदेशी तथा विदेशी लगानीकर्तालाई निरुत्साहित गर्ने विज्ञप्तीमा उल्लेख छ ।
‘जलविद्युत् आयोजनामा हुने आक्रमणले ऊर्जा क्षेत्रमा नकारात्मक असर पर्छ,’ विज्ञप्तीमा भनिएको छ,‘विदेशी लगानीकर्तालाई तर्साएमा १० वर्षमा १७ हजार विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य पूरा हुँदैन ।’

जलविद्युत् आयोजना निश्चित समयपछि सरकारको स्वामित्वमा आउने हुँदा स्वदेशी तथा विदेशी लगानीको सुरक्षा गर्न इपानले सरकारसँग माग गरेको छ ।

अज्ञात समूहले शनिबार राती जिएमआरको सुर्खेतस्थित कार्यालय तथा माथिल्लो कर्णालीको आयोजना स्थलमा शक्तिशाली बम विस्फोट गराएको थियो । विस्फोटबाट आयोजना स्थलमा निर्माण भएको भवनमा क्षति पुगेको छ ।

यस्तै, सोही दिन राती भोजपुरस्थित अरुण तेस्रोको आयोजना स्थलमा पनि अज्ञात समूहले बम विस्फोट गराएको छ । भारतीय लगानीका यी आयोजनामा आक्रमण हुनुको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7