advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३६८ मेगावाट
  • निजी क्षेत्र : २३७ मेगावाट
  • भारत : ४६७ मेगावाट
  • लोडसेडिङ : ४० मेगावाट (उद्याेग)
  • माग : १११२ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

प्राधिकरणले उपत्यकाका दर्जन बढी ठाउँमा विद्युत् काट्ने

   फागुन ०१, २०७४        2692        ऊर्जा खबर/काठमाडौं

नेपाल विद्युत् प्राधिकरणले उपत्यकाका दर्जन बढी ठाउँमा आधा घन्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । नेपाली सेना दिवसको अवसरमा टुँडीखेलमा प्रस्तुत हुने ‘फ्रि फल’ कार्यक्रमकाे सुरक्षालाई ध्यानमा राखी सेवा बन्द गर्न लागिएकाे हाे ।

आज (मंगलबार) साँझ ५.४५ देखि ६.१५ बजेसम्म आपूर्ति बन्द हुने रत्नपार्क नाे लाइटका इन्चार्ज किरण बन्जाराले जानकारी दिएका छन् । बागबजार, महाबौद्ध, असन, सिंहदरबार, पुतलीसडक, बबरमहल (सेनाको डेडिकेटेड फिडर) लगायत ९ वटा ११ केभी फिडरको आपूर्ति बन्द हुनेछ ।

बन्जाराका अनुसार सुनधारा, बागबजार, रत्नपार्क, पुतलीसडक, भृकुटीमण्डप, सैनिक मुख्यालय, बबरमहल, थापाथली, नयाँबानेश्वर, न्युरोड वरपरका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।

सेनाले आयोजना गरेको कार्यक्रम सम्पन्न भएपछि आपूर्ति नियमित गरिने जनाइएको छ । प्राधिकरणका अनुसार सैनिक मुख्यालयको अनुरोधमा सेवा अवरुद्ध गर्न लागिएकाे हाे । सेनाले सैनिक कौशल प्रदशर्नी र तयारीको दिन दुई पटक हरेक वर्ष आपूर्ति बन्द गर्न अनुरोध गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7