advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

दरवाङ म्याग्दीमा ५ बैंकको साढे ३ अर्ब लगानी

   फागुन ०२, २०७४        1796        ऊर्जा खबर / काठमाडौँ

२५ मेगावाटको दरवाङ म्याग्दी जलविद्युत् आयोजनामा ५ बैंकले ऋण लगानी गर्ने भएका छन् । म्याग्दी खोलामा निर्माण हुने आयोजनामा सानिमा बैंकको अगुवाइमा प्रभू, कुमारी, सेन्चुरी कमर्सियल बैंक तथा मुक्तिनाथ र महालक्ष्मी विकास बैंकले साढे ३ अर्ब रुपैयाँ ऋण लगानी गर्न लागेका हुन् ।

आयोजनाको प्रवर्द्धक धौलागिरी कालिका हाइड्रो कम्पनी लिमिटेड र ४ बैंकबीच बुधबार लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा कम्पनीका अध्यक्ष विनोद कुँवर र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले हस्ताक्षर गरे ।

५ अर्ब १४ करोड रुपैयाँ लागतमा निर्माण हुने आयोजनामा ७० प्रतिशत बैंकको ऋण तथा ३० प्रतिशत स्वपुँजी लगानी रहने छ । हङकङ र दक्षिण कोरियामा बसोबास गर्ने गैरआवासीय नेपालीको स्वपुँजी लगानी रहने छ । स्वपुँजी लगानीमध्ये ४० प्रतिशत स्वामित्व म्याग्दीका स्थानीयको रहने कम्पनीले जनाएको छ ।

२०७५ असोजभित्र पहुँचमार्ग तथा आवासगृह तयार गरेर आयोजनाको निर्माण सुरु गरिने कम्पनीका कार्यकारी निर्देशक हर्कमान मगरले बताए । निर्माण सुरु भएको साढे ३ वर्षमा आयोजना पूरा गर्ने लक्ष्य राखिएको छ ।

यो म्याग्दी खोलामा निर्माण हुने पहिलो आयोजना हुनेछ । आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत् विद्युत्गृहबाट १४ किलोमिटरको दुरीमा रहेको १३२ केभी डाँडाखेत सबस्टेसनमा लगेर जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7