advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

क्यान मेलामा ओइरिए दर्शक, तेस्राे दिन ४२ हजारले अबलोकन गरे

   फागुन ०५, २०७४        360        ऊर्जा खबर/बुटवल

बुटवलमा चलिरहेकाे क्यान इन्फोटेकको तेस्राे दिनसम्म करिब ९० हजार दर्शकले मेला अबलोकन गरेका छन् । शुक्रबारमात्र ४२ हजारले अवलाेकन गरेका छन्र ।

युवा पुस्ता र बिद्यार्थीको मेलामा बाक्लो उपस्थिती थियाे । शुक्रबार जिल्ला स्तरिय एक्सिस आइसिटी क्विज सम्पन्न भएको छ । जिल्लाका २० बिद्यालयको सहभागिता रहेको प्रतियोगितामा सिद्धार्थ बोर्डिङ स्कुल प्रथम,न्यु होराइजन जिबिएस द्धितिय,कालिका माबि तितृय भएका छन् ।

बिजेता बिद्यालयलाई फागुन ६ गते समापनको अबसरमा नगद, एन्टीभाइरस, राउटर, ब्याग, डायरी प्रदान गरिनेछ ।
प्रतियोगिताको संयोजन देबबहादुर राना, क्यान क्विज सफ्टबेयरको डेभलपर प्यारामाउन्ट माबिका बिद्यार्थी जेएन् मिलन, सञ्चालन कमल ढकाल, सुदीप ढकाल, इश्वरी ज्ञवालीले गरेका थिए भने अन्य सहभागि बिद्यार्थीलार्इ क्यानका अध्यक्ष नारायणप्रसाद श्रेष्ठ र सचिब बिरबहादुर क्षेत्रीले पुरस्कार प्रदान गरे ।

मेलाको पहिलो दिन करिब १५ हजार, दाेस्राे दिन ३६ हजार र तेस्राे दिन ४२ हजारले मेलाको अबलोकन गरेको क्यानका सहसचिब सुरेशचन्द्र भट्टराइले बताए । मेलामा १ सय ३६ स्टल प्रदर्शनीमा छन् । मेलामा कारोबारलाई भन्दा पनि दर्शकलाई कसरी सूचना र प्रविधिबारेमा जानकारी दिने भनेर स्टल समावेश गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

इन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टनेन्स, पावर सोलुसन, मोबाइल एसोसेरिज, डिलर र डिस्ट्रिब्यूर्टस, टेलिकम्यूनिकेशन, आइएसपी, सफ्टवेयर सोलुसन्स लगायतका स्टल छन् । मेलामा दर्शकहरुका लागि सूचना र प्रविधिका बारेमा जानकारी दिने उदेश्यले स्टल राखिएकाले अवलोकनको अवसर नछुटाउन आग्रह गरिएको छ । अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क ५० रुपैयाँ र विधार्थीहरुलाई २५ रुपैयाँ तोकिएकोे छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7