advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

७५३ स्थानीय निकायमा विद्युत् पुर्याउने याेजना ल्याएर विदा भए मिश्र

   फागुन ०८, २०७४        6692        ऊर्जा खबर/काठमाडौं

राष्ट्रिय योजना आयोगका सदस्य अरविन्दकुमार मिश्रले पनि पदबाट राजिनामा दिएका छन् । आयोग उपाध्यक्ष स्वर्णिम वाग्लेले आइतबार राजिनामा दिएको एक दिनपछि मंगलबार राजिनामा दिएका हुन् ।

उनले प्रधानमन्त्री कार्यालयको सचिवालयमा राजिनामा पत्र बुझाएका छन् । नयाँ सरकार गठन भएको र सोहीअनुकूल सरकारलाई काम गर्न सजिलो होस् भन्दै राजिनामा दिएको मिश्रले बताए ।

मिश्रले करिब १७ महिना आयोग सदस्यको जिम्मेवारी सम्हाले । पुष्पकमल दाहाल नेतृत्वको सरकारका पालामा नियुक्त भएका उनले आयोगमा ऊर्जा विभागको जिम्मेवारी सम्हालेका थिए । मिश्र पुल्चाेक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक हुन् ।

पछिल्लो ६ महिना आयोग उपाध्यक्ष वाग्ले र उनको पहलमा ऊर्जा क्षेत्रमा दीर्घकालीन विकासका काम भएका छन् । देश संघीयतामा गइसकेकाले त्यहीअनुसार ७ सय ५३ स्थानीय तहमा विद्युत् पुर्याउने गुरुयोजना तयार भएको छ । योसँगै विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीलाई एकमुष्ट राष्ट्रिय प्राथमिकतामा राख्ने निर्णय भएको छ ।

उक्त निर्णयले हरेक पटक राष्ट्रिय प्राथमिकताका आयोजना स्वीकृत गराउन भन्दै आयोगमा धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । यसैगरी मिश्रकै कार्यकालमा जलाशययुक्त जलविद्युत् आयोजना क्षेत्रमा पूर्वाधार निर्माण सम्बन्धी निर्देशिका, प्रादेशिक क्षेत्रमा राष्ट्रिय स्वयंसेवक छनोट व्यवस्थापनको काम समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7