advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रानी सबस्टेसन मर्मत गर्न विद्युत् आपूर्ति बन्द

   फागुन ११, २०७४        848        ऊर्जा खबर/मोरङ

नेपाल विद्युत् प्राधिकरणले बिराटनगर वरपरको क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरेको छ । प्राधिकरणको बिराटनगर वितरण केन्द्रले ४ स्थानका ११ केभी फिडरबाट हुने आपूर्ति बन्द गरेको हो ।

३३/११ केभी रानी सबस्टेसनको १६.६ एमभिए क्षमताको एउटा पावर ट्रान्सफर्मर मर्मत गर्न आपूर्ति बन्द गरिएको वितरण केन्द्र प्रमुख राजु श्रेष्ठले बताए । उनका अनुसार ट्रान्सफर्मरको ब्रेकर परिवर्तन गर्न तथा सडक विस्तार भइरहेको स्थानका विद्युतीय पोल सार्न बिहान ९ देखि साँझ ६ बजेसम्म विद्युत सेवा अवरुद्ध गरिएको छ ।

अहिले बुद्धनगर, रानी, बाइपास र बिजेएम फिडरबाट हुँदै आएको आपूर्ति ठप्प छ । सेवा अवरुद्ध हुँदा रानी सबस्टेसनबाट वितरण हुने २५ प्रतिशत क्षेत्रमा विद्युत् काटिएको छ ।

ट्रान्सफर्मर मर्मत सकिएपछि साँझ ६ बजेबाट आपूर्ति नियमित हुने प्राधिकरणले जनाएको छ । बिराटनगर र आरजेएम फिडरको आपूर्ति भने बिहान ११ बजेबाट नियमित गरिएको छ ।

प्राधिकरणले देशभरको प्रसारण तथा वितरण प्रणाली सुधार गर्न सूचना जारी गरेर आपूर्ति बन्द गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7