advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

ललितपुरमा माग अनुसार ट्रान्सफर्मर थप्न समस्या

   फागुन ११, २०७४        1812        ऊर्जा खबर/ललितपुर

नेपाल विद्युत् प्राधिकरणलाई ललितपुरका विभिन्न स्थानमा ट्रान्सफर्मर जडान गर्ने ठाउँ नहुँदा समस्या भएको छ । बढ्दो मागअनुसारको आपूर्ति व्यवस्थापन गर्न नयाँ ट्रान्सफर्मर थप्ने ठाउँ नपाउँदा समस्या भएको हो ।

सहरी क्षेत्रमा मानव बस्तीको बढी चाप भएको भित्री बजारमा सार्वजनिक जग्गा नहुँदा माग अनुसार ट्रान्सफर्मर जडान गर्न नसकिएको लगनखेल वितरण केन्द्र प्रमुख वीरेन्द्र सिंहले बताए । भित्री बजार क्षेत्रमा ट्रान्सफर्मर जल्ने तथा पड्किने त्रासले स्थानीयले राख्न नदिने गरेको पनि सिंहले बताए ।

ट्रान्सफर्मर थप्ने ठाउँको अभावमा वितरण प्रणाली सुधार गरेर गुणस्तरीय सेवा दिन नसकिएको वितरण केन्द्रले जनाएको छ ।
‘माग अनुसारको ट्रान्सफर्मर जडान गर्न प्राधिकरण तयार छ,’ उनले शुक्रबार ऊर्जा खबरसँग भने,‘तर उपयुक्त स्थान नभेटिँदा समस्या भएको छ ।’

लगनखेल वितरण केन्द्रअन्तर्गत प्राधिकरणका ७० हजार ग्राहक गरेका छन् । ललितपुर जिल्लामा ४ सय ट्रान्सफर्मर जडित छन् । तर, विद्युत्को बढ्दो मागका कारण तत्काल २ सय ट्रान्सफर्मर थप्नु पर्ने देखिएको सिंहले बताए ।

अत्याधिक माग भएका स्थानमा स्थानीय तहका जनप्रतिनिधिसँग परामर्श गरेर ट्रान्सफर्मर थप गर्ने प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7