advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तल्लो लिखु आयोजनामा लगानी जुट्यो

   फागुन ११, २०७४        2290        ऊर्जा खबर/काठमाडौं

रामेछापको लिखु खोलामा निर्माण हुने २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत् आयोजनामा लगानी जुटेको छ । सानिमा हाइड्रो समूहले निर्माण गर्ने आयोजनामा ५ बैंक तथा वित्तीय संस्थाको ऋण लगानी जुटेको हो ।

आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा कुमारी, सेन्चुरी कमर्सियल, प्रभू बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीले ४ अर्ब १९ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको छ । आयोजनाको प्रवर्द्धक स्वेतगंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन कम्पनी र बैंकबीच बिहीबार सम्झौतामा हस्ताक्षर भएको हो ।

आयोजनामा अगुवाई गर्ने लक्ष्मीले १ अर्ब २४ करोड, कुमारीले १ अर्ब, सेन्चुरीले ७५ करोड, प्रभू बैंकले ४० करोड र जलविद्युत् लगानी तथा विकास कम्पनीले ८० करोड रुपैयाँ ऋण लगानी गर्नेछन् । बैंक तथा वित्तीय संस्थाले गर्न लागेको ऋण लगानी कुल लागतको ७५ प्रतिशत हो ।
५ अर्ब ५९ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा १ अर्ब ४० करोड स्वपुँजी लगानी रहनेछ । तल्लो लिखु आयोजना चालु आर्थिक वर्षभित्र निर्माणमा प्रवेश गर्दैछ ।

हाल अन्तिम चरणमा रहेको ठेकेदार छनोट प्रक्रिया पूरा भएपछि आयोजनाको निर्माण सुरु गरिने कम्पनीले जनाएको छ । २०७८ मंसिरमा सम्पन गर्ने लक्ष्य राखिएको आयोजना पूरा भएपछि वार्षिक १७ करोड ८४ लाख युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाले वार्षिक ९२ करोड रुपैयाँ आम्दानी गर्नेछ ।

तल्लो लिखुसँगै सानिमा हाइड्रोका ७३ मेगावाटको मध्यतमोर र १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत् आयोजना पनि चालु आवबाटै निर्माणमा प्रवेश गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7