advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

एडिबीको लगानीका आयोजना, एक वर्षमा ३१ अर्ब खर्च

   फागुन ११, २०७४        2099        ऊर्जा खबर/काठमाडौं

एसियाली विकास बैंक (एडिबी) को सहयोगमा सञ्चालित आयोजना कार्यान्वयन तथा खर्च क्षमतामा नेपालले पछिल्लो समय निकै सुधार गरेको छ । सन् २०१७ मा मात्र विभिन्न आयोजनामा करिब ३१ अर्ब रुपैयाँ खर्च भएको छ ।

एडिबीले शुक्रबार आयोजना गरेको सन् २०१८ को पहिलो समीक्षा बैठकमा गत वर्षको लगानी, खर्च तथा प्रगतिबारे लेखाजोखा भएको थियो । यसमा सन् २०१६ र २०१७ मा खर्च तथा आयोजनाको प्रगति सकारात्मक रहेको औंल्याइएको छ ।

खर्च क्षमता तथा आयोजना कार्यान्वयनमा सुधार देखिए पनि मेलम्ची खानेपानी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नती, पोखरा तथा भैरहवा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको प्रगति सन्तोषजनक नरहेको एडिबीका उपमहानिर्देशक दिवेश शरणले बताए ।

यद्यपि, अघिल्ला वर्षको तुलनामा पछिल्ला दुई वर्षमा आयोजना सञ्चालन एवं खर्च क्षमता बढ्दै गएको देखिन्छ । एडिबीको लगानीका आयोजनामा गत वर्ष ३३ करोड ९० लाख अमेरिकी डलर (करिब ३५ अर्ब २५ करोड ६० लाख रुपैयाँ) खर्च गर्ने लक्ष्य तोकिएको थियो ।

निर्धारित लक्ष्यको तुलनामा गत वर्ष अर्थात् सन् २०१७ मा २९ करोड ८० लाख डलर (करिब ३० अर्ब ९९ करोड रुपैयाँ खर्च भएको छ । यो कूल लक्ष्यको ८८ प्रतिशत प्रगति हो ।

आर्थिक वर्ष २०१७/१८ मा ऊर्जा क्षेत्रमा ८ करोड ९ लाख डलर (करिब ८ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको छ । यो वर्ष ९ करोड ७० लाख डलर खर्च गर्ने लक्ष्य तोकिएको थियो ।

एडिबीले अहिलेसम्म नेपालमा २ अर्ब ४० करोड डलर (करिब २ खर्ब १२ अर्ब रुपैयाँ) लगानी गरेको छ । यसमध्ये ६० करोड १० लाख डलर (करिब ६२ अर्ब ५० करोड रुपैयाँ ऊर्जा क्षेत्रमा लगानी भएको छ । यो कूल लगानीको २५ प्रतिशत हो । ऊर्जामा भएको लगानीमध्ये अझै ४७ करोड १० लाख डलर खर्च हुन बाँकी छ ।

एडिबीले अहिलेसम्म सबैभन्दा बढी ३१ प्रतिशत (७६ करोड १० लाख डलर) खानेपानी तथा सहरी विकाससँग सम्बन्धित आयोजनामा लगानी गरेको छ । नेपालमा गरेको कूल लगानीमध्ये ९१ करोड ६० लाख डलर (करिब ९५ अर्ब २६ करोड रुपैयाँ) खर्च भएको छ । यो कूल लगानीको ३८ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7