advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

१४ जिल्लाका ७१ प्रतिशत भूकम्प पिडित पुनर्निर्माण प्रक्रियामा

   फागुन १४, २०७४        440        ऊर्जा खबर/काठमाडौं

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका ७० प्रतिशत पिडितलाई पुनर्निर्माण प्रक्रियामा संलग्न गराएको छ । प्राधिकरण स्थापना भएको २ वर्षमा ६ लाख १० हजार ५ सय भूकम्प पिडितलाई अनुदान दिएर पुनर्निर्माण प्रक्रियामा संलग्न गराइएको हो ।

कुल ६ लाख ६७ हजार ६ सय ६२ पिडित परिवारमध्ये १ लाख २ सय ३६ परिवारको घर पुनर्निर्माण गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले बताए । भूसालका अनुसार ३ लाख ३२ हजार ३ सय २१ परिवारका घर हाल निर्माणाधीन छन् ।

भूकम्प पिडितका निजी घर पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको प्राधिकरणको भनाई छ । अहिलेको गतिमा काम हुने हो भने बर्खाअघि ६० प्रतिशत घरको पुनर्निर्माण पूरा हुने भूसालले दाबी गरे ।

पुनर्निर्माणको समयसीमा तोकेर प्राविधिक टोली खटाइएको तथा निर्माण सामाग्री र दक्ष जनशक्ति अभाव नहुँदा अनुदान लिएर घर बनाउने पिडितको संख्या बढेको प्राधिकरणले जनाएको छ ।

प्रभावित जिल्लामा निर्माण भएका तथा निर्माणाधीन घरको पूर्ण विवरण प्राधिकरणसँग आइनसकेकाले सम्पन्न भएका घरको संख्या अझै बढ्न सक्ने प्रवक्ता यमलाल भूसालले बताए । उनका अनुसार सम्झौता भएका १ लाख ४३ पिडितमध्ये ९० हजार ८ सय ५० परिवारको पछिल्लो तथ्याङ्क प्राधिकरणमा आइपुग्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7