advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

एडिबीले तोक्यो ऊर्जामा ७ अर्ब खर्चको सीमा

   फागुन १५, २०७४        1756        ऊर्जा खबर/काठमाडौं

एसियाली विकास बैंक (एडिबी) ले आफ्नो लगानीका आयोजनामा चालू वर्ष अर्थात् सन् २०१८ मा ७ अर्ब रुपैयाँभन्दा बढी बजेट खर्च गर्नुपर्ने सीमा तोकेको छ ।

पछिल्लो समय सरकारको खर्च गर्ने क्षमता बढ्दै गए पनि केही आयोजनाको प्रगति निराशाजनक रहेको भन्दै खर्च बढाउन दबाब दिइएको हो । एडिबीका अनुसार सरकारले चालू वर्ष ऊर्जा क्षेत्रमा करिब ७ अर्ब ३८ करोड ५१ लाख रुपैयाँ (७ करोड १७ लाख अमेरिकी डलर) खर्च गर्नुपर्नेछ ।

यसैगरी, सोही अवधिमा विभिन्न आयोजनामा १६ करोड ४ लाख (करिब १६ अर्ब ५२ करोड १२ लाख रुपैयाँ) बराबरको ठेक्का हुने एडिबीको प्रक्षेपण छ । चालू वर्षमा कृषि तथा प्राकृतिक स्रोत, यातायात तथा सडक, सहरी विकासलगायत क्षेत्रमा ३८ करोड ८० लाख अमेरिकी डलर खर्च हुने प्रक्षेपण छ ।

आर्थिक वर्ष २०१७/१८ मा ऊर्जा क्षेत्रमा ८ करोड ९ लाख डलर (करिब ८ अर्ब ४१ करोड रुपैयाँ) खर्च भएको छ । यो वर्ष ९ करोड ७० लाख डलर खर्च गर्ने लक्ष्य तोकिएको थियो ।

एडिबीले अहिलेसम्म नेपालमा २ अर्ब ४० करोड डलर (करिब २ खर्ब १२ अर्ब रुपैयाँ) लगानी गरेको छ । यसमध्ये ६० करोड १० लाख डलर (करिब ६२ अर्ब ५० करोड रुपैयाँ ऊर्जा क्षेत्रमा लगानी भएको छ । यो कूल लगानीको २५ प्रतिशत हो । ऊर्जामा भएको लगानीमध्ये अझै ४७ करोड १० लाख डलर खर्च हुन बाँकी छ ।

सन् २०१७ मा मात्र विभिन्न आयोजनामा करिब ३१ अर्ब रुपैयाँ खर्च भएको छ । एडिबीको लगानीका आयोजनामा गत वर्ष ३३ करोड ९० लाख अमेरिकी डलर (करिब ३५ अर्ब २५ करोड ६० लाख रुपैयाँ) खर्च गर्ने लक्ष्य तोकिएको थियो ।

निर्धारित लक्ष्यको तुलनामा गत वर्ष अर्थात् सन् २०१७ मा २९ करोड ८० लाख डलर (करिब ३० अर्ब ९९ करोड रुपैयाँ खर्च भएको छ । यो कूल लक्ष्यको ८८ प्रतिशत प्रगति हो ।

एडिबीले अहिलेसम्म सबैभन्दा बढी ३१ प्रतिशत (७६ करोड १० लाख डलर) खानेपानी तथा सहरी विकाससँग सम्बन्धित आयोजनामा लगानी गरेको छ । नेपालमा गरेको कूल लगानीमध्ये ९१ करोड ६० लाख डलर (करिब ९५ अर्ब २६ करोड रुपैयाँ) खर्च भएको छ । यो कूल लगानीको ३८ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7