advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४३४ मेगावाट
  • निजी क्षेत्र : २५६ मेगावाट
  • भारत : ४७२ मेगावाट
  • ट्रिपिङ : ३० मेगावाट
  • माग : ११९२ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

गुनासो प्रमाणीकरण गर्न स्थानीय तहमा पठाउने प्राधिकरणको तयारी

   फागुन १६, २०७४        757        ऊर्जा खबर/काठमाडौं

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त एक लाख बढी गुनासो अन्तिम प्रमाणीकरणका लागि स्थानीय तहमा पठाउने भएको छ । बुधवार बसेको केन्द्रीय गुनासो व्यवस्थापन समितिको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षण गरिएका विवरणको विश्लेषण गरी फागुन मसान्तभित्र स्थानीय तहमा पठाउने निर्णय गरेको हो ।

सम्भावित पुनर्निर्माण लाभाग्राही, प्रबलीकरण लाभग्राही र लाभग्राहीमा नपर्ने गुनासोकर्ताको सूचि तयारी पारी स्थानीय तहमा प्रमाणीकरणका लागि पठाउन लागिएको प्राधिकरणका सहसचिव नेत्र सुवेदीले बताए । उनका अनुसार विगतमा विविध कारणले छुटेका र लाभग्राही सूचिमा नपरेका पीडितलाई मध्यनजर गर्दैे केन्द्रबाटै इञ्जिनियर परिचालन गरी प्रभावित जिल्लामा छुट तथा पुनः जाँच सर्वेक्षण गरेको थियो ।

उक्त नामावलीलाई स्थानीय तहले प्रमाणीकरण गरेपछि सूचिलाई अन्तिम रुप दिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षणका क्रममा भूकम्प अति प्रभावित १४ जिल्लाबाट करिब १ लाख ३० हजार गुनासोकर्ताको विवरण संकलन गरेको थियो ।

जोखिमयुक्त वर्गका पीडितको घर निर्माणमा पहल

प्राधिकरणले चार वर्गका जोखिमयुक्त भूकम्प पीडितको घर निर्माण प्रक्रिया अघि बढाएको छ ।७० बर्षमाथिका वृद्धवृद्धा, ६५ बर्ष नाघेका असक्त, एकल महिला, दृष्टिविहीनलगायत रातो तथा निलो कार्डधारी अपांगता भएका व्यक्ति र १६ बर्ष मुनिका नाबालिगको बासको व्यवस्थापन गर्न कार्यविधि तयार गरी लगत संकलनको प्रक्रिया सुरु गरिएको हो ।

प्राधिकरणको एमआईएस शाखाले अतिप्रभावित जिल्लामा करिब १६ हजार २ सय ५ जोखिमयुक्त वर्गका लाभग्राहीको प्रारम्भिक तथ्याङ्क निकालेको छ । स्थानीय सरकारमार्फत पनि यो वर्गका लाभग्राहीको लगत माग गरिएको छ । लाभग्राहीको तथ्याङ्क संकलन भएपछि परोपरकारी संस्थालाई घर निर्माणका लागि आह्वान गर्ने प्राधिकरणको योजना छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7