advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सरकारले नै रोक्यो, बाहिरी चक्रपथ निर्माण

   फागुन २३, २०७४        4607        ऊर्जा खबर/काठमाडौं

काठमाडौं उपत्यकामा आधुनिक बस्ती विकास तथा सवारी व्यवस्थापन गर्ने लक्ष्यअनुसार अघि बढाइएको बाहिरी चक्रपथको काम अहिले रोकिएको छ । प्रतिनिधिसभा चुनावअघि यहाँका नेताले यसलाई लोकप्रिय बनाए पनि यो अघि बढ्न सकेको छैन ।

सरकारको बेवास्थाकै कारण बाहिरी चक्रपथ निर्माण रोकिएको स्थानीयको गुनासो छ । यसो त सडक रेखांकन तथा अध्ययनमा चासो देखाएका सम्बन्धित क्षेत्रका नेताले समेत अहिले चक्रपथ निर्माणमा ध्यान दिएका छैनन् ।

चक्रपथ पहिलो खण्डको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सहरी विकास मन्त्रालयबाट स्वीकृत भए पनि बाँकी काम अघि बढेको छैन् । ‘बाहिरी चक्रपथ आयोजना’ का अनुसार स्वीकृत डिपिआर र जग्गा रोक्काको सूचना राजपत्रमा प्रकाशित गर्न अनुमतिका लागि मन्त्रिपरिषद पठाइको छ ।

लामो समयदेखि मन्त्रीपरिषद्ले स्वीकृत नगर्दा चक्रपथ निर्माण अलत्रप परेको छ । राजपत्रमा सूचना प्रकाशित भएपछि कानुनसरह लागु हुने र यसैको आधारमा जग्गा रोक्का गर्ने आयोजना प्रमुख दिपक श्रेष्ठले बताए ।

‘जग्गा रोक्काको सूचना निकालेपछि आयोजना कार्यान्वयनमा सहज हुनेछ,’ उनले भने, ‘३५ दिने सूचना राजपत्रमा प्रकाशित गर्न अनुमति माग्दै मन्त्रालयमा गत असारमा फाइल बुझाएको छ ।’

चक्रपथ पाइलट प्रजेक्टका रूपमा चोभार–संतुगल खण्ड लिएको छ । राजपत्रमा सूचना निस्कने जग्गा रोक्काको सूचना चोभार–संतुगल खण्डमा हुनेछ । ल्याण्ड पुलिङ अवधारणा अन्र्तगत आयोजनाले चोभार–संतुगल खण्डमा १४ हजार जग्गाधनीका ८ हजार रोपनी जग्गा रोक्का गर्दैछ ।

पहिलो खण्ड चोभार, भत्केको पाटी, मच्छेगाउँ, सतुंगल, गुर्जुधारा, धवलागिरी आवास गरी ६ वटा ब्लकमा विभाजन गरिएको छ । नमुना आयोजनाका रूपमा कार्यान्वयन प्रक्रिया थालिएको यस खण्ड निर्माण गर्न ६ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । २०६५ सालमा यस खण्डको लागत २ अर्ब ९ करोड रुपैंयाँ अनुमान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7