advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जलविद्युत समूहको सेयर ३० अंकले बढ्यो

   फागुन २३, २०७४        1006        ऊर्जा खबर/काठमाडौं

साताको पहिलो र दोस्रो दिन निरन्तर ओरालो लागेको सेयर बजार बुधबार १८.६९ अंकले बढेको छ । मंगलबार १२९६ अंकमा रहेको नेप्से बुधबार १३१५.१३ मा रोकिएको छ ।

बुधबार भएको कारोबारमा सबैभन्दा बढी बिमा समूहमा बढेको छ । बिमा समूहको सेयर १६१.४३ अंकले बढेको छ । बिमा समूहको ९ करोड ६३ लाख ८७ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

यस्तै, जलविद्युत समूहतर्फ ३०.७३ अंकले बढेको छ । बजार बन्द हुँदा जलविद्युततर्फ १ करोड ४२ लाख ४६ हजार ८ सय रुपैयाँको कारोबार भएको छ ।

माइक्रो फाइनान्स समूहको कारोबार पनि उकालो लागेको छ । माइक्रो फाइनान्सको सेयर २५.६४ अंकले वृद्धि भएको छ । यो समूह अन्तर्गत ४ करोड ५३ लाख ९२ हजार ९ सय रुपैयाँको कारोबार भएको छ ।

मंगलबार घटेको होटल समूहको सेयरमा बुधबार सुधार देखिएको छ । होटल समूहको सेयर २४.५६ अंकले बढेको छ ।

यस्तै, बैंक, विकास बैंक र वित्तीय संस्थाको सेयर कारोबारमा पनि सुधार देखिएको छ । बुधबार ४२ करोड ६८ लाख २१ हजार १ सय १८ रुपैयाँमा १० लाख ४७ हजार ४ सय ९४ कित्ता सेयर ५ हजार ६ सय ५७ पटक किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7