advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अब पेट्रोलियम ट्यांकरमा भोटे ताल्चा, फागुन ३० देखि कार्यान्वयन हुने

   फागुन २४, २०७४        3499        ऊर्जा खबर /काठमाडौं

नेपाल आयल निगम (एनओसी) ले फागुन ३० गतेबाट पेट्रोलियम ढुवानी गर्ने ट्यांकर लक (साँचो लगाउने) गर्ने भएको छ । ढुवानीका क्रममा बाटोमा हुने पेट्रोलियम पदार्थको चुहावट तथा मिसावट रोक्न ट्यांकर लक गर्न लागिएको हो ।

पहिलो चरणमा भारतको सिलिगुडीबाट काकडभिट्टा नाकासम्म आइपुग्ने ५९ ट्यांकरमा लक लगाउन लागिएको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए ।

‘पहिलो चरणमा ५९ वटा ट्यांकर लक हुँदैछन्,’ उनले भने, ‘४३ वटामा ‘लकिङ सिस्टम’ जडान भइसकेको छ । बाँकी ६ वटाको पूरा भइपछि लक गर्न सुरु गरिनेछ । ’

निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) को सहयोगमा ट्यांकर लक गर्ने प्रक्रिया अघि बढाएको हो । ट्यांकरमा साँचो लगाउने जिम्मा निगमले आइओसीलाई दिएको छ ।

पहिलो चरणमा सबै भारतीय नाकाबाट निगमको डिपोसम्म पेट्रोलियम ढुवानी गर्ने ट्यांकर लक हुने गोइतले बताए । उनका अनुसार यसको सुरुवात सिलिगुडीबाट काकडभिट्टासम्म आउने ट्यांकरबाट गर्न लागिएको हो ।

पहिलो चरणमा ४ सय ट्यांकर लक हुनेछन् । सिलिगुडीपछि बरौनी, बेतालपुरलगायतका स्थानबाट नेपाली डिपोसम्म आउने ट्यांकर लक गर्न सुरु गरिने निगमले जनाएको छ । सबै नाकाबाट निगमको डिपोसम्म आउने ट्यांकरमा आइओसीले लक गरेर पठाउने छ । पहिलो चरण पूरा भएपछि निगमका ट्याङकर लक गर्न सुरु गरिने छ ।

दोस्रो चरणमा बाँकी १६ सय र तेस्रो चरणमा निगमको डिपोदेखि डिलरसम्म ढुवानी गर्ने ट्यांकरमा लक लगाउने काम हुनेछ । लक्षित काम डेढ वर्षभित्र पूरा गर्ने योजना छ ।

पेट्रोलियम ढुवानी गर्ने सबै ट्यांकर लक गरेपछि आइओसी र निगमको थानकोट डिपोमा मास्टर कि राखिनेछ । लक राखेपछि भारतबाट आयात हुने पेट्रोलियम चुहावट नियन्त्रण हुने निगमको दाबी छ । निगमका अनुसार पेट्रोलियम पदार्थ हिनामिना हुनेछैन । कसैले हिनामिनाको प्रयास गरेमा त्यसको छाप देखिने निगमले जनाएको छ ।

लकिङ सिस्टमले पेट्रोलियम पदार्थको गुणस्तर र परिमाण कायम गर्नसमेत भूमिका खेल्ने गोइतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7