advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विभागले राष्ट्रिय राजमार्गमात्र हेर्ने, खुद्रे सडक प्रदेशमा हस्तान्तरण

   फागुन २५, २०७४        3475        ऊर्जा खबर/काठमाडौं

देशको सडक निर्माणमा दशकौंदेखि जिम्मेवारी सम्हाल्दै आएको सडक विभागले अब राष्ट्रियस्तरका सडकमात्र बनाउने भएको छ । संघीयतामा केन्द्रीकृत संरचना विकेन्द्रीकरण गर्ने क्रम सुरु भएकाले जिम्मेवारी घटाउन लागेको हो ।

विभागका अनुसार राष्ट्रिय गौरवका सडक तथा राष्ट्रिय राजमार्गमात्र निर्माण गर्ने गरी योजना अघि बढाइएको छ । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम बनाउँदा यही अवधारणा अवलम्बन गर्ने तयारी छ ।

संविधानअनुसार केन्द्रीय सडकमात्र निर्माण गर्ने गरी कार्यविधि तयार गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाइएको छ । मन्त्रीपरिषदले स्वीकृत गरेपछि उक्त कार्ययोजना कार्यान्वयनमा जानेछ । देशभर अहिले १३ हजार किलोमिटर सडक राष्ट्रिय राजमार्गको रूपमा सञ्चालनमा छन् ।

विभाग मातहत अब राष्ट्रिय राजमार्ग तथा राष्ट्रिय गौरवका सडकमात्र रहने गरी कार्यविधि तयार गरिएको विभागका सहायक प्रवक्ता रमेशकुमार सिंहले बताए । ‘कुन सडक कसले हेर्ने भनेर कार्यविधि तयार गरेर मन्त्रालय पठाइएको छ, स्वीकृत भएलगत्तै कार्यान्वयन हुन्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘स्थानीय सडक अब गाउँपालिका र जिल्लास्तरीय सडक प्रदेशले हेर्नेछ ।’

विभागले मध्य–पहाडी राजमार्ग, हुलाकी राजमार्ग, पूर्व–पश्चिम कोरिडोर, कालीगण्डकी कोरिडारलगायत आयोजनालाई प्राथमिकता दिएको छ । यस्तै, केन्द्रसँग जोडिएका अरू आयोजना पनि थपिएका छन् । विभागले राष्ट्रिय सडकमात्र हेर्दा गुणस्तर कायम गर्न सकिने विभागका अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7