advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सेनाले द्रुतमार्गमा नेपाली ठेकेदारबाटै काम गराउने

   फागुन २५, २०७४        2125        ऊर्जा खबर/काठमाडौं

काठमाडौंलाई छोटो दूरीमा तराईसँग जोड्ने तथा आर्थिक कोरिडोरका दृष्टिले अघि बढाइएको काठमाडौं–तराई द्रुततमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) नेपाली सेनाले आफैँ तयार गर्ने निर्णय गरेको छ ।

भारतीय कम्पनी आइएल एन्ड एफएसले महँगो मूल्य तोकेपछि सेनाले यस्तो निर्णय गरेको हो । ४ वर्षभित्र पूरा गर्ने गरी सडक निर्माणको जिम्मा सेनालाई दिएपछि करिब ६० करोड रुपैयाँमा डिपिआर किन्न छलफल भएको थियो ।

भारतीय कम्पनीले एसियाली विकास बैंक (एडिबी) को सम्भाव्यता अध्ययन प्रतिवेदनकै आधारमा डिपिआर तयार गरेकाले उक्त काम आफैँले गर्न सक्ने अवस्था रहेको सेनाका प्रवक्ता तथा प्राविधिक सहायक रथी गोकुल भण्डारीले बताए ।

सरकारले कुनै पनि आर्थिक दायित्व नलिने सर्तमा आइएल एन्ड एफएसले चार महिनामा डिपिआर तयार गरेको थियो । सडक निर्माण आफैंले गर्ने मनसाय राखी महँगो लागत र सडक कर तोकेको थियो ।

भारतीय कम्पनीको लागत तथा उच्च सडक करलाई लिएर चर्को विवाद भएपछि सरकारले निर्माणको जिम्मा सेनालाई दिएको थियो । डिपिआर किन्ने रकम नतिर्ने बरु आफैँले तयार गर्ने भन्दै सेनाले गत माघ २ गते नै निर्णय गरेको छ ।

‘भारतीय कम्पनीले एडिबीको प्रतिवेदनलाई आधार मानेकाले हामीले पनि यसरी नै काम गर्न सक्छौं,’ प्रवक्ता भण्डारीले ऊर्जा खबरसँग भने, ‘सेनाले नै ट्र्याक खोलेकाले कहाँ कस्तो समस्या छ ? कसरी काम गर्नुपर्छ भन्ने जानकारी छ, समस्या हुँदैन ।’

ठेकेदार छनोट तथा कामको प्रगति

सडक निर्माणको अधिकांश काम पनि सेनाले नेपाली ठेकेदारबाटै गराउने निर्णय गरेको छ । पूर्वाधार विकासमा स्वदेशी कम्पनीको क्षमता विकास गर्ने उद्देश्यले यसो गर्न लागेको छ ।

सेनाका अनुसार ८ वटा स्वदेशी ठेकेदारलाई माटो काट्ने, सम्याउने, नाला निर्माण, रिटेनिङ वाल निर्माण लगायत कामको जिम्मा दिइएको छ । यी ठाउँमा धमाधम काम भइरहेको छ । थप काम गर्न १४ ठेकेदारलाई आशयपत्र (एलओआई) दिएको र उनीहरूसँग छिट्टै सम्झौता हुने भण्डारीले जानकारी दिए ।

सेनाले अहिले ५ ठाउँमा स्थायी र ४ ठाउँमा अस्थायी क्याम्प निर्माण गरेको छ । बारातर्फको ७–८ किलोमिटर खण्ड फराकिलो बनाउने काम सुरु भइसकेको प्रवक्ता भण्डारीले जानकारी दिए ।

सेनाले गत साउनमै आयोजनास्थलको सुरक्षार्थ काठमाडौं मख्खुबेँसी, मकवानपुरको सिस्नेरी दोभान, लेनडाँडा, बुदुने तथा बाराको बागदेवमा क्याम्प खडा भइसकेको छ ।

पाइलट ट्रयाकको पहिरो पन्छाउने र विस्तृत स्थलगत अध्ययन पूरा भइसकेका छ । खरिद गरिएका हेभी उपकरण, सवारी तथा अन्य उपकरण परिचालन गरी माटो काट्ने, सम्याउने र भर्ने काम भइरहेको सेनाले जानकारी दिएको छ ।

ललितपुरको खोकना, मकवानपुरको ठिंगन तथा राजदमार र बाराको निजगढ गरी ४ स्थानमा अस्थायी बेस क्याम्प खडा गरी जनशक्ति परिचालन भइसकेको छ । यस्तै, मकवानपुरको महादेवटारमा छिट्टै क्याम्प राखिनेछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7