advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कन्काई नगरपालिका विद्युत चुहावटमुक्त क्षेत्र घोषणा

   फागुन २६, २०७४        2535        ऊर्जा खबर/झापा

जिल्लाको कन्काई नगरपालिकाले आफ्नो आधार इलाकालाई विद्युत चुहावटमुक्त क्षेत्र घोषणा गरेको छ । उज्यालो नेपाल एवं समृद्ध सहर विकास गर्ने लक्ष्यअनुसार चुहावटमुक्त घाेषणा गरिएकाे हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा नगरपालिकाले शनिबार आफ्नो क्षेत्र चुहावटमुक्त राख्ने प्रतिबद्धता जनाएको छ ।

आगामी २ वर्षभित्र नगरभित्रका सबै ठाउँमा विद्युतीकरण गर्ने लक्ष्य छ । उक्त लक्ष्य पूरा गर्न प्राधिकरणले जुनसुकै सहयोग गर्न तयार रहेको घिसिङले बताए ।

चुहावटमुक्त क्षेत्र कायम गर्नेबारे गत माघ १६ गते नगरपालिकाको कार्यपालिका तथा वडा सदस्यहरूको बैठक बसेको थियो । जसअनुसार अहिले हरेक वडामा अध्यक्षको संयोजकत्वमा चुहावट नियन्त्रण टोली सक्रिय रहेको जनाइएको छ ।

कर्मचारी र स्थानीयबासीको सहयोगले नगरपालिकालाई चुहावटमुक्त बनाउन सफल भएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । ‘सहरभित्रका अनावश्यक विद्युतीय पोल हटाई गुणस्तरीय सेवा दिन हामी प्रतिबद्ध छौं,’ उनले भने, ‘प्राधिकरणले आवश्यकता अनुसार पोल तथा ट्रान्सफर्मर उपलब्ध गराएर सहयोग गर्ने विश्वास छ ।’

पछिल्लो तथ्यांकअनुसार नगरपालिकामा ११ हजार घरधुरी तथा ५५ हजार जनसंख्या छ । त्यहाँका करिब ८० प्रतिशत घरधुरीमा विद्युतको पहुँच पुगेको छ ।

बाँकी क्षेत्रमा दुई वर्षभित्र विद्युतीकरण गरी ‘उज्यालो नगर’ बनाउने नगरपालिकाको योजना छ । यसका लागि चालू आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेटसमेत विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7