advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विकासमा स्थानीय सक्रियता, ठेकेदारले नआँटेको पुल युवाले निर्माण गरे

   फागुन २७, २०७४        2301        ऊर्जा खबर/रामेछाप

जिल्लाको दोरम्बा गाउँपालिकाबासीले खैरे र खानी खोलमा पुलको योजना पार्न निकै दौडधुप गरे । गाउँलेको पहलमा योजना पनि पर्यो । स्वीस सहयोगमा सरकारले पुल निर्माण गर्न ठेक्का आह्वान गर्यो ।

ठेक्का सम्झौता अनुसार ६ महिनाभित्रै दुई पुल निर्माण गर्ने सर्त भयो । तर, ठेकेदारले भौगोलिक विकटता र समयसीमाको कारण देखाई तोकिएको समयभित्र पुल निर्माण गर्न नसकिने निष्कर्ष निकाल्यो ।

गौरी पार्वती/आशिष/नीलगिरी जेभीले ८ महिनाभित्र काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । निर्माणबाट ठेकेदार पछि हटेपछि गाउँका युवाले ठेकेदारलाई साथ दिए । ठेकेदारको जेखिम स्थानीय युवाले उठाए । झन्डै निर्माण नहुने अवस्थामा पुगेको पक्की पुल युवाको सक्रियतामा चार वर्षमा पूरा भएको छ ।

अहिले उक्त पुल सञ्चालन भइरहेको छ । स्थानीय युवाकै सक्रियतामा करिब ५ करोड रुपैयाँमा काम पूरा भएको निर्माण जिम्मेवारी लिएका स्थानीय युवा प्रेमकुमार श्रेष्ठले बताए । ‘निर्माण सजिलो थिएन, तर हामीले जोखिम मोलेरै काम सुरु गर्यों,’ उनले ऊर्जा खबरसँग भने, ‘दुई वटा पुल सञ्चालनमा ल्याएका छौ, यसले हामीलाई निकै हर्षित बनाएको छ ।’

पुल निर्माणपछि हिउद वर्षा नै सहजरूपमा यातायात सञ्चालन भइरहेको छ । निर्माणमा हिरा श्रेष्ठ, लोकबहादुर श्रेष्ठ, पदम थापामगर लगायतले निर्माणको जोखिम लिएका थिए । उनीहरूलाई भुक्तानी भने साविकको ठेकेदारले नै गरेको थियो ।

अहिले स्थानीयलाई आउजाउ गर्न निकै सजिलो भएको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बताए । ‘सडकको स्तरोन्नती भइरहेको छ,’ उनले भने, ‘वडा कार्यालयको केन्द्र, सदरमुकाम र राजधानी काठमाडौंसँग जोडिएका सडकलाई उच्च प्राथमिकता दिइएको छ ।’

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7