advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सेयर कारोबार ३१ अंकले घट्यो

   फागुन २७, २०७४        1062   

साताको पहिलो दिन आज (आईतबार) सेयर बजार ३१ अंकले घटेको छ । ३२ करोड ५१ लाख ९ हजार ५ सय ५४ रुपैयाँको कारोबार हुँदा नेप्से २.३६ प्रतिशत घटेको हो ।

अपरान्ह कारोबार बन्द हुँदा सबै समूहको सेयर घटेको छ । शुक्रबार १३१५ अंकमा रहेको नेप्से आइतबार घटेर १२८४ अंकमा रोकिएको छ ।

सबैभन्दा बढी बिमा समूहको सेयर २४३.१८ अंकले घटेको छ । बिमा समूहतर्फ ६७ हजार ८ सय ५० कित्ता सेयर ९ सय ७ पटक किनबेच भएको छ ।
यस्तै, जलविद्युत समूहको सेयर मूल्य पनि घटेको छ । १ लाख ६ हजार ३ सय ५८ कित्ता सेयर कारोबार जलविद्युत समूहको सेयर ६४.६५ अंकले घटेको छ ।  यो समूहको सेयर ५ सय ११ पटक किनबेच गरिएको छ ।

यसैगरी होटेल, माइक्रोफाइनान्स, विकास बैंक, बाणिज्य बैंकसहित सबै समूहको सेयर घटेको छ । होटल ६३.५२, माइक्रोफाइनान्स ४५.५२, विकास बैंक २५.६४ र बाणिज्य बैंक समूह २३.१५ अंकले घटेको छ ।

गत साता आइतबार र सोमबार वर्षकै न्युन विन्दुमा पुगेको कारोबारमा मंगलबारबाट सुधार देखिन सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7