advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सार्क व्यवसायीकाे छैटाैं सम्मेलन नेपालमा हुने

   फागुन २७, २०७४        809   

दक्षिण एसियाली क्षेत्रीय सहयाेग संगठन (सार्क) राष्ट्रका अग्रणि उद्योगी व्यवसायीको छैटौँ सम्मेलन ‘सार्क विजनेश लिडर्स कनक्लेभ’ नेपालमा अायाेजना हुने भएको छ । सार्क चेम्वर अफ कमर्शको आयोजनामा आगामी चैत २ देखि ४ गतेसम्म सम्मेलन हुन लागेकाे हाे ।

पाकिस्तानमा आयोजना गर्ने तयारी गरिएको सम्मेलन पाकिस्तानमा नहुने भएपछि नेपालमा आयोजना गर्न लागेकाे सार्क चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रि (सार्क उद्योग वाणिज्य संघ) का अध्यक्ष सुरज वैद्यले जानकारी दिए । तीन दिनसम्म चल्ने सम्मेलनमा सार्क क्षेत्रको साझा समृद्धि, सार्कमा व्यापार र लगानी प्रवर्द्धन, आर्थिक र राजनीतिक संकट, विश्व अर्थव्यवस्थामा सार्कको भूमिका, उर्जा लगायत विषयमा छलपफल हुनेछ ।

सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम छ । दोस्रो दिन विभिन्न सातवटा विषयमा समानान्तर प्यानल छलफल र तेस्रो दिन पाँच वटा विषयमा प्यानल छलफल गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । अन्तिम सत्रमा सार्क देशहरुका वाणिज्य मन्त्रीहरु सम्मिलित छलफल कार्यक्रम रहेको छ ।

सम्मेलनमा ५० जना प्रतिष्ठित वक्ताहरुले सहभागिता सुनिश्चित भएको आयोजकले जनाएको छ । त्यस्तै उपस्थतिको लागि २०० र्साक राष्ट्रका प्रतिनिधिहरु, निजी क्षेत्र, प्राज्ञिक व्यक्तित्व तथा सञ्चारमाध्यमको सहभागिता रहने बताइएको छ ।

सार्क राष्ट्रका अग्रणि व्यवसायीको छैटौ सम्मेलन हुनथाल्दा यो सँगै नेपालले दोस्रो पटक सम्मेलनको आयोजना गर्दैछ । यसअघि सन् २०११ मा पनि नेपालमा सम्मेलन गरिएको थियो । २०१८ मा गर्न थालिएको सम्मेलन यसअघि पाकिस्तानमा राखिए तापनि त्यहाँ नहुनेभएपछि अध्यक्ष वैद्यको पहलमा नेपालमा गर्न थालिएको सार्क चेम्मवर अफ उपाध्यक्ष ओम राजभण्डारीले बताए ।

वैद्यले आफू अध्यक्ष भएपछि यसअघि सार्क स्तरिय बैठक हुन नसकेका अफगानस्तान लगायतका देशका बैठक गरिएको, सार्क चेम्वरको आयोजनामा परराष्ट्रमन्त्रीहरुसँग बैठक गरिएको जस्ता कार्यहरु आफ्नो कार्यकालमा भएको बताए । विश्वमा सबैभन्दा ठूलो सम्भावना भएको बजार दक्षिण एसिया भएको भन्दै वैद्यले अबको १०र१२ वर्ष सार्क क्षेत्रमा लागि विस्तारको लागि उपयुक्त र स्वर्णिम समय हुने बताए ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7