advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रसुवागढी सान्जेनको सेयर किन्ने अवधि सकिन ३ दिन बाँकी

   फागुन २८, २०७४        5283        ऊर्जा खबर/काठमाडौं

रसुवागढी हाइड्रो पावर र साञ्जेन जलविद्युत कम्पनीको सेयर खरिद गर्न सञ्चय कोषका सञ्चयकर्ताका लागि छुट्याइएको अवधि बुधबार सकिँदैछ । गत फागुन ११ गतेबाट बिक्री खुल्ला गरिएको दुवै कम्पनीको सेयर खरिद गर्ने अवधि ३ दिनपछि सकिन लागेको हो ।

आइतबार साँझसम्म दुवै कम्पनीले रसुवामा निर्माण गरिरहेका ३ आयोजनाको सेयर खरिद गर्न १ लाख ५७ हजार ७ सय ५६ सञ्चयकर्ताको आवेदन परेको छ । परेको आवेदनबाट ४ अर्ब ४८ करोड ५१ लाख ८० हजार ६ सय रुपैयाँ संकलन भएको छ ।

रसुवागढीले सञ्चयकर्ताका लागि १ अर्ब ३३ करोड ४२ लाख ९ हजार ५ सय रुपैयाँबराबरको सेयर निष्कासन गरेकामा ७९ हजार ४ सय ७९ आवेदन परेको छ । ३ अर्ब १५ करोड ५१ लाख ८० हजार ६ सय रुपैयाँ संकलन भएको छ । रसुवागढीको सेयर खरिद गर्न संचयकर्ताबाट परेको आवेदन साढे २ गुणाले बढी हो ।

७१ करोड १७ लाख ५० हजार रुपैयाँबराबरको ७१ लाख १७ हजार ५ सय कित्ता सेयर जारी गरेका सान्जेनको सेयर खरिद गर्न ७८ हजार २ सय ७७ सञ्चयकर्ताको आवेदन परेको छ । आवेदनबाट १ अर्ब ९५ करोड ६५ लाख रुपैयाँ संकलन भएको छ ।

सञ्चयकर्तापछि आगामी चैत ५ गतेबाट संस्थापक संस्था (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तह) र ऋणदाता संस्थाका कर्मचारीका लागि सेयर बिक्री खुल्ला गरिने छ । संस्थापक संस्थाका कर्मचारीका लागि रसुवागढीले २३ करोड ९४ लाख ७३ हजार ५ सय रुपैयाँको २३ लाख ९४ हजार ७ सय ३५ किता सेयर निष्कासन गर्नेछ ।

यस्तै, ऋणदाता संस्थाका कर्मचारीका लागि पनि ६ करोड ८४ लाख २१ हजार रुपैयाँको ६ लाख ८४ हजार २ सय १० कित्ता सेयर जारी हुनेछ ।
सान्जेनले संस्थापक संस्थाका कर्मचारीका लागि १२ करोड ७७ लाख ५० हजार रुपैयाँबराबरको १२ लाख ७७ हजार ५ सय कित्ता सेयर निष्कासन गर्नेछ ।

ऋणदाता संस्थाका कर्मचारीका लागि ३ करोड ६५ लाख रुपैयाँ मूल्यको ३ लाख ६५ हजार कित्ता सेयर छुट्याइएको छ । संस्थापक र ऋणदाता संस्थाका कर्मचारीले चैत १३ गतेसम्म आवेदन दिन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7