advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रैराङ हाइड्रो पावरको साधारण सेयर चैतमा

   फागुन २८, २०७४        4355        ऊर्जा खबर / काठमाडौँ

रैराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पाँचथरमा निर्माणाधीन ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गर्न लागिएको हो ।

सर्वसाधारणका लागि छुट्याइएको ८ करोड ४० लाख रुपैयाँको प्रतिकित्ता सय रुपैयाँ अंकित ८ लाख ४० हजार कित्ता सेयर निष्कासन गर्न लागिएको कम्पनीका कार्यकारी निर्देशक कुबेरमणी नेपालले बताए । उनका अनुसार चैत महिनाभित्र साधारण सेयर बिक्री खुल्ला गरिने छ ।

सेयर निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डबाट स्वीकृति मिलेपछि सेयर जारी हुने पनि नेपालले बताए । सेयर बिक्री तथा बाँडफाँट गर्न एसिई क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको ५ करोड ६० लाख रुपैयाँको ५ लाख ६० हजार कित्ता सेयर निष्कासन गरेर बाँडफाँड गरिएको थियो ।

कम्पनीले ताप्लेजेङ र पाँचथरको सीमामा निर्माण गरिरहेको इवाखोला अन्तिम चरणमा पुगेको छ । आयोजनाको ८५ प्रतिशत निर्माण पूरा भएको छ । आयोजनाबाट आगामी असारभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7