advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

चीन, म्यानमार र बंगलादेशबीच विद्युत व्यापार हुने

   फागुन २९, २०७४        2184        ऊर्जा खबर/काठमाडौं

त्रिपक्षीयरूपमा विद्युत ऊर्जाको व्यापार गर्न चीन, म्यानमार र बंगलादेश सहमत भएका छन् । तीन देशबीच प्रसारण लाइन तथा पूर्वाधार विकास गर्दै विद्युत व्यापार गर्नेबारे सहमति भएको छ ।

विद्युत व्यापार गर्नेबारे तीन देशबीच गत शुक्रबार एक सम्झौता पनि भएको छ । यस्तो सम्झौताले त्रिदेशीय ऊर्जा सुरक्षा, विद्युत आदानप्रदान, पूर्वाधार विकास, कर्मचारीको क्षमता विकास गर्ने अपेक्षा गरिएको छ । साथै, विद्युतको आधारभूत आवश्यक पूरा गर्दै दीर्घकालीन आर्थिक विकासमा सघाउ पुर्याउने अनुमान गरिएको छ ।

म्यानमारको ने पि तामा भएको सम्झौतामा म्यानमारका केन्द्रीय विद्युत तथा ऊर्जा मन्त्री यु विन खाइनले भनेका छन्– यो सम्झौताले त्रिदेशीय आर्थिक विकासमा उल्लेख्य योगदान पुर्याउनेछ । उक्त बैठकमा मन्त्री खाइन, चीनका राष्ट्रिय ऊर्जा प्रशासनका उपप्रशासक लि फनरोङ, बंगलादेशी प्रधानमन्त्रीका विद्युत ऊर्जा तथा खनिजस्रोतसम्बन्धी सल्लाहकार तव्फिक इलाही चौधरी सहभागी थिए ।

सिन्हवाबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7