advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विद्युत प्राधिकरणभित्र आधिकारिक ट्रेड युनियनको मनपरी

   फागुन २९, २०७४        3295        ऊर्जा खबर/काठमाडौं

संस्थामा कार्यरत कर्मचारी तथा संस्थाको हितअनुकूल काम गर्ने बाचा गर्दै चुनिएको नेपाल विद्युत प्राधिकरण आधिकारिक ट्रेड युनियन (कर्मचारी संघ) ले मनपरी गर्न थालेको छ ।

दिनेश शिवाकाेटीलार्इ कारबाही गरेकाे पत्र

कर्मचारी तथा आफ्ना सदस्य एवं संस्थाको हितविपरित काम गरेपछि उसको गलत क्रियाकलाप बाहिर आएको हो । यस्तो गतिविधि बढ्दै गएपछि संघका सदस्य अध्यक्ष जनार्दन भट्टराई विरुद्ध उत्रिन थालेका छन् ।

सदस्यहरूले अध्यक्ष भट्टराईले कर्मचारीको हितविपरित ‘कर्मचारी सेवा विनियमावली संशोधनमा हस्ताक्षर गरेको, व्यवस्थापनसँगको मिलेमतोमा व्यक्तिगत लाभका काम गरेको आरोप लगाएका छन् । भट्टराईले युनियनको आचारसंहिता पालना नगरेको भन्दै केन्द्रीय सदस्य दिनेश शिवाकोटीलाई कारबाही गर्ने निर्णय गरेका छन् ।

उक्त निर्णयपछि थप सदस्यहरू उनीप्रति आक्रोशित भएका छन् । आधिकारिक ट्रेड युनियनका नाममा तथा अन्य युनियनका नाममा तिनका नेताले प्राधिकरणका हितविपरित गरेका कामबारे बोलेकाे तथा सामाजिक सञ्जालमा उठान गरेकै कारण शिवाकोटीलाई कारबाही गरेको जनाइएकाे छ ।

आम नागरिक तथा उपभोक्ताको कर तथा सेवा-शुल्कबाट सञ्चलित प्राधिकरणका गतिविधि र अनियमितताबारे जानकारी राख्दा, चित्त नबुझेका कुरा सार्वजनिक गर्दा हुकुमी शैलीमा स्पष्टिकरण साेधेको भट्टरार्इमाथि अाराेप लागेको छ ।

संस्थागत अवधारणामा चल्नुपर्ने संगठनभित्र भट्टरार्इले अफ्नाे एकल निर्णय तथा निरंकुश शैली लाद्न खाेजेकाे पनि अाराेप लगाइएकाे छ । भट्टरार्इका गलत कामकाे विराेध गरैकै कारण अाफूलार्इ केन्द्रीय सदस्यबाट बर्खास्त गर्ने निर्णय भएकाे पीडित शिवाकाेटीले बताए ।

कर्मचारी तथा कर्मचारीका मातापिता दिवगंत हुँदा श्रदाञ्जली दिनसमेत बेवास्ता गर्ने नेतृत्वलाई ध्यानाकर्षण गराउनु, दशौं तहका अधिकारी जम्मा १ महिना जागिर बाँकी हुदा बढुवा भएर पेन्सन खान पाउने तर अनगिन्ती सहायक कर्मचारी ६ महिनासम्म नतीजा प्रकाशित नभएर बढुवा नहुनु, कर्मचारी प्रशासनमा भएको विभेद लगायत विषयमा आवाज उठाएबापत अाफूलार्इ गरिएकाे पनि शिवाकाेटीले गुनासाे गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7