advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

ठेउले खोलाको विद्युत चैत दोस्रो साताबाट राष्ट्रिय प्रणालीमा जोडिने

   फागुन २९, २०७४        2276        चन्द्रगणेश पौडेल /बागलुङ

साढे १ मेगावाटको ठेउलेखोला जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोडिने भएको छ । बागलुङको जैमिनी नगरपालिकास्थित कुश्मीसेरामा निर्माण सम्पन्न आयोजनाको विद्युत आगामी चैत दोस्रो साताबाट प्रणालीमा थपिन लागेको हो ।

९८ प्रतिशत निर्माण पूरा भएपछि आयोजना प्रभावित एउटा परिवारले मुआब्जा विवाद झिकेर काम रोकेको थियो ।

विवाद समाधान गरेर बाँकी १६ मिटर पाइप बिछ्याउने काम पूरा भएपछि आयोजना विद्युत उत्पादनको चरणमा पुगेको प्रवर्द्धक बाराही हाइड्रोपावर कम्पनीका अध्यक्ष सूर्यप्रसाद अधिकारील बताए । उनका अनुसार ३३ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न आयोजनाबाट उत्पादन हुने विद्युत ३३ केभी टुनीबोट सबस्टेसनमा लगेर जोडिने छ ।

नेपाल विद्युत प्राधिकरणले कुश्मीसेरामा निर्माण गर्ने सबस्टेसन तयार नहुँदसम्म अस्थायीरूपमा टुनीबोट सबस्टेसनमा जोड्न लागिएको हो । आयोजनाको सबै संरचनाको छुट्टा–छुट्टै परीक्षणसमेत पुरा भएको अधिकारीले बताए ।

‘आयोजनाको सबै काम सकिएको छ,’ उनले भने, ‘प्रसारण लाइन र विद्युत जोडिने सबस्टेसन तयारी अवस्थामा रहेकाले अब ढिलो नगरी उत्पादन सुरु गर्छौं ।’

आयोजना निर्माण गर्न कम्पनीले स्थानीयको ३२ रोपनी जग्गा अधिग्रहण गरेको थियो । सबै जग्गाधनीलाई ९२ लाख रुपैयाँबराबरको मुआब्जा वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7