advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विराटनगर क्षेत्रीय कार्यालयले ४ प्रतिशत चुहावट घटायो

   फागुन २९, २०७४        856        ऊर्जा खबर/काठमाडौं

नेपाल विद्युत प्राधिकरण विराटनगर क्षेत्रीय कार्यालयले ३.९१ प्रतिशत विद्युत चुहावट घटाएको छ । कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा चुहावट घटाएर १३.७४ प्रतिशतमा झारेको हो ।

सबस्टेसनको स्तरोन्नती तथा विद्युत चोरी नियन्त्रण अभियान तीव्र पारेकाले चुहावटमा कमी आएको क्षेत्रीय प्रमुख सचितानन्द यादवले बताए । उनकाअनुसार वितरण केन्द्रले चोरीमा संलग्नलाई दैनिक पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएपछि चुहावट पनि घटिरहेको हो।

गत आवको यही अवधिमा कार्यालयको चुहावट १६.४८ प्रतिशत थियो ।

पूर्वका १० जिल्ला हेर्दै आएको कार्यालयले सबै वितरण केन्द्रलाई चोरी चुहावट नियन्त्रण गर्ने लक्ष्य दिइएको छ । सबै वितरण केन्द्रले हुकिङ र मिटर बाइपासबाट हुने चोरी नियन्त्रण अभियान तीव्र पारेका छन् ।

कार्यालयको चालु आवको माघसम्मको तथ्याङकअनुसार ५५ करोड ९ लाख ९१ हजार ५ सय ९३ युनिट विद्युत वितरण भएकामा ७ करोड ५६ लाख ८० हजार ९ सय १९ युनिट चुहावट भएको छ ।

कार्यालयअन्तर्गतका ताप्लेजुङ, इलाम, अनारमनी, भद्रपुर, दमक, उर्लाबारी, बेलबारी, इटहरी, धरान, दुहबी, धनकुटा, भोजपुर, तेह्रथुम, इनरुवा, रंगेली र विराटनगर वितरण केन्द्रले चुहावट घटाएका छन् । सबैभन्दा बढी इनरुवा वितरण केन्द्रले १०.०७ प्रतिशत चुहावट घटाएको छ । गत साउनमा ३७.२५ प्रतिशत रहेको चुहावट माघमा घटेर २६.५२ प्रतिशतमा झरेको छ ।

यस्तै, उर्लाबारीले ७.१३, इलामले ६.१८, दमकले ४.७३ र विराटनगरले ४.२१ प्रतिशत चुहावट घटाएका छन् । सबै वितरण केन्द्रको चुहावट घटे पनि खाँदबारीको ४.९५ प्रतिशतले बढेको छ ।

७ महिनामा कुल ४५ लाख ८५ हजार ९ सय ५४ युनिट विद्युत प्रणालीबाट वितरण भएकामा ६ लाख ४६ हजार ८ सय १३ युनिट चुहावट भएको थियो । गत आवमा ९.१५ प्रतिशत रहेको चुहावट बढेर १४.१० प्रतिशत पुगेको छ ।

कार्यालयअन्तर्गत गत आवमा १७.६५ प्रतिशत रहेको चुहावट चालु आवमा १४ प्रतिशतमा झार्ने लक्ष्य छ । अबको ५ महिनामा यो लक्ष्य पूरा हुने कायालयको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7