advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रामेछापका अधिकांश युवा विदेशमा, घर बनाउन रोल्पा र रुकुमका कामदार

   चैत ०४, २०७४        1945        ऊर्जा खबर/रामेछाप

रामेछाप जिल्लामा भूकम्पका कारण भत्केका ४३ हजार घरमध्ये ११ हजारको पुननिर्माण सम्पन्न भएको छ । भूकम्पले ४५ हजार मध्ये ४३ घरधुरी लाभग्राही सूचीमा सूचीकृत छन् ।

जिल्लाका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेशिएपछि पुनर्निर्माणमा कामदार अभाव देखिएको छ । जिल्लामा कामदारको अभाव भएपछि पुनर्निर्माणमा जिल्ला बाहिरका ९ हजार कामदार भित्रिएका छन् । रोल्पा, रुकुम, सल्यान, रौतहट, सर्लाही लगायत जिल्लाका कामदारले पुनर्निर्माणको काममा जुटेका छन् ।

पुस मसान्तसम्म पहिलो किस्ता लिएका पीडितले घरको डिपिसी गर्नुपर्ने समय सीमा सकिए पनि निर्माण पूरा गर्न सकेका छैनन् । यही कारण उनीहरू निराश बनेका छन् । कामदार अभाव, निर्माण सामाग्री जुटाउन कठिनाई, पानी अभाव लगायत समस्याले पीडितले घर निर्माण गर्न सकेका छैनन् ।

सरकारले चैतसम्म डिपिसी गर्नुपर्ने म्याद थप गरेपछि पीडितले जिल्ला बाहिरका कामदार ल्याउने, अर्मपर्म गर्ने जस्ता उपायबाट काम गरिरहेका छन् । चैत्रभित्र जिल्लामा निर्माण हुन बाँकी ७ हजार घर निर्माण पूरा हुने राष्ट्रिय पुननिर्माण प्राधिकरण रामेछापका प्रमुख ऋषिराज आचार्यले बताए ।

जिल्लामा हालसम्म ११ हजार ५ सय भन्दा बढी निजी आवास निर्माण सम्पन्न भएको छ । २५ हजार घर–परिवारले दोस्रो किस्ता लिइसकेका छन् । ‘अब ७ हजार घर निर्माण प्रक्रियामा रहेका छन,’ आचार्यले ऊर्जा खबरसँग भने, ‘चैतभित्र अधिकांश घरको पुनर्निर्माण सकिन्छ ।’

भूकम्पीय जोखिम देखिएका १ सय ५१ जना लाभग्राहीलाई अन्य ठाउँमा जग्गा किन्न २ लाख रुपैयाँ दिने प्रक्रिया सुरु भएको छ । जिल्लामा २७ जनाले २ लाख रुपैया लिएर सुरक्षित स्थानमा जग्गा खरिद गरेबमे आचार्यले बताए । लाभग्राही सूचीमा नाम छुटेकाको गुनासोबारे प्राधिकरणले छानबिन गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7