advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३५१ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४८४ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२६० मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्राधिकरणले आवास पुनर्निर्माण गर्न १० अर्बको अख्तियारी दियाे

   चैत ०९, २०७४        1811        नारायणी लामिछाने/काठमाडौं

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा आवास निर्माण गर्न ९ अर्ब ९५ करोड रुपैयाँको अख्तियारी दिएको छ । निजी आवास निर्माण तथा समन्वय गरिरहेको संघीय मामिला तथा स्थानीय विकास केन्द्रीय आयोजना एकाइलाई अख्तियारी दिइएको हो ।

प्राधिकरणले पछिल्लो समय भूकम्प अतिप्रभावित १४ जिल्लामा आवास पुनर्निर्माणलाई तीव्रता दिएको छ । ती जिल्लाका पीडितलाई लक्षित गरी उक्त रकम छुट्ट्याइएको प्राधिकरणका सहप्रवक्ता भिष्मकुमार भुसालले बताए ।

प्राधिकरणले भूकम्प प्रभावित ९ लाख ९६ हजार ५ सय ८२ घरमध्ये ७ लाख १ हजार ७ सय ८६ अतिप्रभावित र ६ लाख १५ हजार १ सय १५ घर न्यूनप्रभावितको सूचीमा राखेको छ ।

हालसम्म ८६ हजार ६ सय ७१ पीडितले पहिलो किस्ता रकम लिइसकेका छन् । चैतसम्म वितरण गर्ने भनिएको दोस्रो किस्ताका लागि करिब ३ लाख पीडितले दाबी गरेको र ८१ हजार ७ सय ६६ जनाले रकम लिएको प्राधिकरणले जानकारी दिएको छ ।

दोस्रो किस्ता लिन ३ लाख २१ हजार ९ सय ४९ जनाले आवेदन दिएका छन् । प्राधिकरणले दोस्रो किस्ता चैतभित्र लिइसक्नुपर्ने सीमा अवधि तोकेको छ । दोस्रो किस्ता लिन लाभग्राहीले चैतभित्रै घरको जग हाल्नुपर्नेछ ।

यसैगरी, २०७५ असारसम्म वितरण हुने तेस्रो किस्ता पाउन हालसम्म १ लाख भूकप्पपीडितको दाबी परेको छ । भूकम्प अतिप्रभावित जिल्लाका ६१ हजार १ जनाले तेस्रो किस्ता रकम पाएको भुसालले बताए ।

‘तेस्रो किस्ता लिन ३१ हजार १ सय ७० ले आवेदन दिएका छन्, ८ हजार ६ सय १० लाभग्राहीको तेस्रो किस्ता भुक्तानीको आवेदन प्रमाणीकरण गरीएको छ,’ उनले ऊर्जा खबरसँग भने ।

भूकम्प प्रभावितले दोस्रो किस्ताबापत पाउने १ लाख ५० हजार रुपैयाँ आफूलाई पायक पर्ने तोकिएको बैंकबाट लिन सक्नेछन् । तेस्र्रो किस्ताबापत हरेक प्रभावितले १ लाख रुपैयाँ पाउनेछन् ।

पछिल्लो तथ्यांकअनुसार ८२ हजार ५ सय ८८ लाभग्रही तेस्रो किस्ताका लागि प्रमाणीकरण भएका छन् । आवास पुनर्निर्माण गर्न भूकम्प अतिप्रभावित र न्यूनप्रभावित जिल्लामा ३ हजार ३ सयभन्दा बढी प्राविधिक खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7