advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३५१ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४८४ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२६० मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

टेलिकमको प्रिपेड मोबाइलमा पनि ब्यालेन्स सापटि

   चैत १६, २०७४        1160        ऊर्जा खबर/काठमाडौं

नेपाल टेलिकमले शुक्रबारदेखी प्रिपेडका ग्राहकहरुलाई रकम सापटिको व्यवस्था गरेको छ ।
यो सुबिधा टेलिकमको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलमा लागु हुने छ । कल गर्दा गर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने टेलिकमले जनाएको छ । ग्राहकले ५ रुपैयाँ देखि ४० रुपैयाँ सम्म सापटी लिन सक्नेछन् । उक्त सापटी रकम रिचार्ज रकमबाट काटिने छ । सापटी रकममा कुनै शुल्क नलाग्ने टेलिकमकी प्रबक्ता प्रतिभा बैद्यले जानकारी दिइन् ।

सेवा प्रयोग गर्नका लागी सिमकार्ड कम्तिमा ३ महिना प्रयोग गरेको हुनुपर्नेछ । सापटी रकमको बारेमा जानकारी लिनको लागि आफ्नो प्रिपेड मोबाइलमा STATUS लेखेर १४७७ मा एसएमएस पठाएर जानकारी लिन सकिने बैद्यले जानकारी दिइन् । उक्त सेवा सुरु गर्नका लागी START र बन्द गर्नका लागी STOP लेखेर १४७७ मा एसएमएस पठाउनु पर्ने टेलिकमले जनाएको छ ।
सापटी रकमबाट कल एसएमएस तथा डाटा चलाउन पनि सकिनेछ ।पुनः सापटी लिनका लागी पहिलाको सापटी रकम तिरेको हुनुपर्ने टेलिकमले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7