Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

यी कारणले झ्यापझ्याप विद्युत काटिन्छ

श्रावण १४, २०७६   1059 लेख


धीरेन्द्रकुमार यादव

काठमाडाैं- बत्ती गयो । प्राधिकरणले फेरि  लोडसेडिङ गर्यो । नोलाइट, सबस्टेसनमा फोन आउछ । किन लाइन काटियो, छिटो पठाउ । के गर्न बस्या हो ? बत्ती कहा पठायो, छिटो बत्ती पठाउँ । कहाँ बेच्यो बिजुली ? कमिशन खान बसेको । अफिसमा ताल्चा लगाउनु पर्ने हो कि सबैलाई थुन्नु पर्ने हो ?

ad

के हामी आउनु पर्ने हो कि बत्ती पठाउछौ ? अब आन्दोलन न गरी बत्ती नियमित हुनेवाला छैन । सबैलाई लखेटनुपर्ला । यस्ता विभिन्न खालका धम्की सहितका कुराहरू नसुनी त हामी बस्नै सक्दैनौं । यस्ता धेरै कुराहरू विद्युत प्राधिकरणको हरेक वितरण केन्द्रहरूमा सुन्नुपर्ने हन्छ । यी त भए ग्राहकहरूको रिस, आवेश, गुनासाहरू ।

अब म केही प्राविधिक कुराहरू राख्न चाहन्छु । बत्ती जाँदैमा लोडसेडिङ नै हो त ? पक्कै होइन । लोडसेडिङ भनेको त विद्युत आपूर्ति र विद्युत माग ब्यालेन्स गर्न विद्युत माग घटाउने प्रकृया हो । जुन तालिका बनाई विद्युत मागलाई घटाउने गरिन्छ । तर, अहिले सुदूरपश्चिममा विद्युत आपूर्तिको समस्या नरहेकाले लोडसेडिङ छैन ।

अनि किन जान्छ त बत्ती ?

धेरै जनाले बत्ती जाने बित्तिकै प्राधिकरणले लोडसेडिङ गरिहाल्यो भनेर सोच्ने गर्छन । तर, बत्ती जाने धेरै कारण छन् । हरेक पटक बत्ती जानु लोडसेडिङ हुँदै होइन । त्यसकारण हामीले प्रसारण लाइनबारे जान्न जरुरी छ । हामी कहाँ आउने विद्युत पावर हाउसमा उत्पादन भई प्रसारण लाइनवाट ग्रिड (पावर स्वीचिङ स्टेशन) सम्म आउने गर्छ । त्यसलाई हामी १३२ केभी प्रसारण लाईन भन्छौं ।

ग्रिडबाट वितरण केन्द्रको सवस्टेशनसम्म  आउने लाईन ३३ केभीको आउने गर्छ । अनि सबस्टेशनबाट विभिन्न ११ के.भी.को लाइनबाट ठाउँठाउँमा राखेका वितरण ट्रान्सफर्मरमा गई वितरण प्रणालीका लाइनबाट घरघरमा पुगेको हुन्छ । पावर हाउसदेखि ग्रिड हुदै सबस्टेसन हुँदै घरघरमा पुगेको बत्ती, यी मध्ये जेमा पनि खराबी आयो भने जान सक्छ ।

कहाँकहाँ समस्या भए बत्ती जान्छ ?

पहिलो, पावरहाउसमा केही प्राविधिक समस्या आई बन्द भए हामी कहाँ आउने बत्ती जान्छ । दोस्रो, पावर हाउसबाट आउने प्रसारण लाइनमा केही फल्ट (समस्या) देखिए पावर हाउसबाट आउने विद्युत हामी कहाँ आइपुग्दैन । तेस्रो, ग्रिडमा केही प्राविधिक समस्या आएमा सो को सामाधान गर्न बत्ती काट्नुपर्ने हुन्छ ।

चौथो, ग्रिडदेखि वितरण सबस्टेसनसम्म आइपुग्ने लाइनमा समस्या आए बत्ती जान्छ । पाँचौं, वितरण सबस्टेसनमा केही प्राविधिक समस्या देखिए । छैठौं, ११के.भी. वितरण लाइनमा केही फल्ट भए । सातौं, वितरण ट्रान्सफर्मरमा केही खराबी भएमा र आठौं कारण वितरण प्रणालीका लाइनमा समस्या देखिए बत्ती जान्छ ।

यी ठाँउहरूमा किन समस्या हुन्छन त ?

यी सबै ठाँउहरूमा विद्युतीय सामग्री हुन्छन,जसको निश्चित जीवन हुन्छ र मर्मत संभार आवश्यक पर्छ । पुरानो विद्युतीय संरचनाको स्तरोन्नती गर्न पनि बत्ती बन्द नगरी हुँदैन । दिन प्रतिदिन विद्युतको माग बढ्दै जानु र विद्युतीय संरचना पुरानो हुँदा प्रत्येक दिन कुनै न कुनै समस्या आएकै हुन्छ । सबभन्दा बढी तार टुट्ने, ट्रान्सफर्मर जल्ने, रुख ढली तारमा पर्ने, रुखका हाँगाविँगाले तार छुने, फ्यूज जाने, पिन र डिस्क इन्सुलेटर फुट्ने तथा पन्चर हुने समस्याले गर्दा विद्युत अनियमित हुन्छ ।

हामी कहाँ विद्युत सुचारु लाइनमा मर्मत सम्भार गर्ने प्रविधि नभएको कारण लाइन, ट्रान्सफर्मर र घर बत्तीमा समस्या आएको बेला केही समयको लागी लाइन ट्रिप-शट डाउन लिई काम गरिरहेका हुन्छन र विद्युत लाइनको संरचना ठूलो रहेको कारण कतै न कतै दिनहुँ यो समस्या आएकै हुन्छ र हामीले मर्मत संभार गरेकै हुन्छौं ।

मर्मतका बेला, त्यसमा कती समय लाग्छ, ठ्याक्कै भन्न सकिँदैन । हामी आफैं सट्डाउन गरेर मर्मत गरिरहेका हुन्छौं, कहिले काँही पावरहाउसबाटै बत्ती गइदिन्छ । हामीले काम सके पनि लामो समयसम्म आउँदैन, यसलाई उपभोक्ताले लोडसेडिङ सम्झिदिन्छन् ।

सुदूरपश्चिममा विद्युत आउने जाने समस्याबारे बुझ्न केही प्राविधिक कुराहरू पनि उपभोक्ताले जान्न जरुरी हुन्छ । सुदूरपश्चिमका लागि ग्रिड शाखा अत्तरियामा छ । त्यहाँ तीन ठाउँबाट विद्युत आउँछ । एउटा त भारतको टनकपुरबाट । त्यसमा हाम्रो नेपालले पाउने फ्रि युनिट पनि हुन्छ ।

दोस्रो, नेपाल ग्रिड र तेस्रो, चमेलिया पावरहाउसबाट विद्युत आपूर्ति हुन्छ । हामीलाई चाहिएको विद्युत यी तीनवटै ठाँउको विद्युतलाई व्यवस्थापन गरी दिइरहेको हुन्छ । कुनै एक ठाउँबाट आपूर्ति भएको विद्युतले हाम्रो माग धान्न सक्दैन् । विद्युतको माग बढ्ने/घटने सँगसँगै नेपाल र भारतको लाइन परिवर्तन गरी विद्युतको माग व्यवस्थापन गर्दा समय समयमा लाइन काटनुपर्छ ।

एक पटक नेपालको लाइन काटेर भारतको जोडन कम्तीमा ४५ मिनेट लाग्ने गर्छ । त्यसले पनि लोडसेडिङ हो कि भन्ने पर्न सक्छ  । तर, यसको कन्ट्राेलिङ एलडिसी काठमाडाैंबाट भइरहेको हुन्छ । अर्को कुरा नेपालको विद्युत मात्रै चलाइयो भन्ने भोल्टेज एकदमै कम हुन्छ र लो भोल्टेजको समस्या हुन्छ । त्यसका लागि पनि लाइनमा भोल्टेज पुर्याउन एक ठाउँको काटने त अर्को ठाउँको जोेडने समस्याले केही बेर बत्ती जाने गरेको छ ।

सुदूरपश्चिममा विद्युत माग बमोजिमको पावरहाउसको निर्माण भई ग्रिड लाइनमा जडान भयो भने मात्र हामी यी समस्याबाट उन्मुक्ति पाउनेछौं । त्यसका लागि हाम्रा तीनै तहका सरकार अग्रसर हुन अति आवश्यक छ ।

यादव, नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख (उपप्रबन्धक) हुन ।

पश्चिम टुडे

 

प्रतिक्रिया दिनुहोस


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="