Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जलविद्युतमा कमसल टर्बाइन र जेनेरेटरले लगानी डुबाउला !

श्रावण ०८, २०७६   3722 लेख


तारा सुब्बा

पृष्ठभूमि : वासर क्राफ्ट भोल्क एजी (Wasserkraft Volk AG-WKV) को गुणस्तर र टिकाउ हाइड्रो–टर्बाइन सिस्टम पर्यायवाची जस्तै हुन् । यो जर्मनीको गुटाकमा सन् १९७९ मा श्री मानफ्रेड फल्कद्वारा स्थापित पब्लिक लिमिटेड कम्पनी हो । यसले एकै छानोमुनि जलविद्युत आयोजनाका लागि आवश्यक सबै गुणस्तरीय उपकरण (टर्बाइन, जेनेरेटर, गभर्नर, स्क्याडा सिस्टम, इनलेट भल्भ, कन्ट्रोल प्यानल र सम्पूर्ण स्टिल सम्बन्धी कामहरू) आफैं डिजाइन तथा उत्पादन गर्छ ।

ad

कम्पनीले ती उपकरणहरूको परीक्षण आफ्नै फ्याक्ट्रीमा एकै ठाउँ र समयमा गर्छ । परीक्षणपछि ५ वर्षे लामो वारेन्टी दिने डब्लू.के.भी. साना तथा मध्यम आकार (साइज) का टर्बाइन उत्पादक कम्पनीमध्ये विश्वमै एक्लो मानिन्छ । प्रतियुनिट ३५ मेगावाटसम्मका हाइड्रो टर्बाइन र प्रतियुनिट ४० एमभिएसम्मका जेनेरेटर उत्पादन गर्ने विश्वमा ख्याति प्राप्त कम्पनी पनि हो ।

आगामी दिनमा प्रतियुनिट उत्पादन क्षमता ५० मेगावाटभन्दा बढी पुर्याउने कम्पनीको लक्ष्य छ । ४२ वर्षे अवधिमा युरोप, मध्य–अमेरिका, दक्षिण अमेरिका, अफ्रिका र एसियाका ५२ राष्ट्रमा साना ठूला गरी ७ सय ५० भन्दा धेरै गुणस्तरीय उत्पादन बिक्री वितरण गर्दै आएको छ । जसले वातावरणमैत्री जलविद्युत उत्पादनमा विश्वका विद्युत उत्पादक र लगानीकर्ता (बैंकहरू) को बिश्वास पनि जितेको छ ।

कम्पनीले ५ मिटरदेखि १५०० मिटर हेड (उचाई) सम्मका टर्बाइन तथा जेनेरेटर डिजाइन र उत्पादन गर्ने क्षमता र दक्षता राख्दछ । हालसम्म जलविद्युत आयोजनाको १२१९ मिटर हेडमा आफ्ना उत्पादन जडान गरी सञ्चालन गरिसकेको छ । नेपालमा सन् १९९१ मै सोलुखुम्बुको सोलु खोला साना जलविद्युत आयोजनामा कम्पनीको ए.भि.के. २१० केभिए जेनेरेटर जडान गरिएको थियो । जुन अहिलेसम्म मर्मत गर्नु परेको छैन ।

सन् २००१ देखि ३ जलविद्युत आयोजनामा ‘वाटर टू वायर’ सहित आफ्ना उत्पादन प्रयोग गरिरहेको छ । साथै, एउटा आयोजनामा अटोमेसन (स्वचालित) र स्क्याडा सिस्टम प्रयोग भएको छ । यसबाट सफलतासाथ विद्युत उत्पादन भइरहेको छ । कम्पनीका मेसिन नेपाली हावा–पानी, वातावरण र माटोमा परीक्षण भइसकेकाले प्रवर्द्धकहरूको मन जितेका छन् ।

हिजो नेपाली निजी जलविद्युत क्षेत्र बामे सर्दै थियो । जलविद्युतमा लगानी गर्न बैंक तथा सरकार नै हच्किन्थे । स्वदेशी निजी क्षेत्रबाट जलविद्युत उत्पादन गर्ने अरुण भ्याली हाइड्रो पावर पहिलो कम्पनी हो । यसले सन् २००१ मा निर्माण गरेको ३ मेगावाटको पिलुवा खोलामा डब्लू.के.भी. टर्बाइन तथा वाटर टू वायर जडान गरेको थियो ।

पिलुवा पहिलो आयोजना हो, जहाँ डब्लू.के.भी. का टर्बाइन जडान भएका थिए । कम्पनीका उत्पादन सुरुमा अन्यभन्दा केही महँगो भए पनि कालान्तरमा आयोजनालाई फाइदा पुर्याउँछ । अरुण भ्यालीले उपकरण किन्दा सुरुमा केही महँगो लगानी गर्यो । तर, पुरानो विद्युत खरिद सम्झौता (पिपिए) तथा माओवादी द्वन्द्वका बेला निर्माण भए पनि साढे ४ वर्षमै स्वपुँजी (इक्वीटी) र ऋण तिरेको थियो ।

पिलुवापछि निर्माण भएका एकाध बाहेक कुनै निजी क्षेत्रका आयोजनाले हालसम्म बैकको ऋण तिर्न सकेका छैनन् । यसको मुख्य कारण कमजोर टर्बाइन तथा उपकरण प्रयोग हुनु हो । मेसिनमा समस्या नआउनु, सुख्खा वा बर्खायाममा जडित क्षमताभन्दा बढी विद्युत उत्पादन हुनु र अन्यको तुलनामा बढी टिकाउ नै डब्लू के.भी. टर्बाइनको विशेषता हो । कम्पनीका टर्बाइनले नेपाली निजी क्षेत्र, बैंक, सरकार, प्रवद्र्धक र लगानीकर्ताको विश्वास जितेका छन् भन्दा अत्युक्ति हुँदैन ।

सारांश : कम्पनीले पेल्टन, फ्रान्सिस, टर्गो र क्रशफ्लो ४ प्रकारका टर्बाइन उत्पादन गर्छ । यिनलाई आवश्यक पर्ने जेनेरेटर, गभर्नर, कन्ट्रोल प्यानल, स्क्याडा सिस्टम, मेन–इनलेट–भल्भ जस्ता उपकरण कौशलता  साथ आफै डिजाइन गर्छ । आफ्नै कारखानामा उत्पादन तथा परीक्षण गरी सम्पूर्ण प्याकेजसहित (वाटर–टू–वायर) ग्राहकको मागअनुसार आपूर्ति गर्छ । र, सफल विद्युत उत्पादन परीक्षण गरेर हस्तान्तरण गर्दै आएको छ ।

डब्लू.के.भी. टर्बाइन र जेनेरेटर डिजाइन एवं उत्पादनमा संसारमै लोकप्रिय भइरहेको छ । कम्पनीका उत्पादन गुणस्तर, नौला र पृथक भएकै कारण टिकाउ र बलिया छन् । आफ्नै विद्युतगृह बाहेक कम्पनीले प्रतिस्पर्धी कम्पनीका ग्राहकका लागि पनि सबै प्रकारका उपकरण उत्पादन गर्ने गरेको छ । साथै, कम्पनीले दशकौंदेखि आफ्ने जलविद्युतगृह सञ्चालन गर्दै आएको छ ।

सामान्यतः सबै कम्पनीले टर्बाइन र एकाध उपकरण बनाएर दिन सक्छन् । जलविद्युत उत्पादक, लगानीकर्ता, साधारण सेयरधनी, बैंक र सरोकारवाला निकायले उपकरण भित्र्याउँदा गुणस्तरमा ध्यान दिन जरुरी हुन्छ । इलेक्ट्रो मेकानिकल उपकरणमा हुने संवेदनशील हाइड्रोलिक संरचनादेखि प्रसारण लाइन तथा विद्युत जडानसम्मका उपकरणबारे गहन जानकारी लिनुपर्छ । यही आधारमा आफूले आयात गरेका वा गर्ने उपकरण कत्ति महँगो परे भन्ने हेक्का हुन्छ ।

विस्तृत अवधारणा सहित एउटा आयोजनाको सावधानीपूर्वक विश्लेषण गर्नुपर्छ । उपकरण खरिदपछि दिने सेवा नै ग्राहकरुसँगको दरिलो सम्बन्धको आधार हो । डब्लू.के.भी.ले प्रत्येक आयोजना, आयोजनास्थल र परिस्थिति हेरी उपयुक्त टबाईन तथा उपकरणको उचित डिजाइन र उत्पादन गरी समयमै डेलिभरी एवं जडान गर्दै आएको छ ।

कम्पनीका उत्पादनहरू

१. पेल्टन टर्बाइन ३५ मेगावाट प्रतियुनिटसम्म

२. फ्रान्सिस टर्बाइन ३५ मेगावाट प्रतियुनिटसम्म

३. टर्गो टर्बाइन १० मेगावाट प्रतियुनिटसम्म

४. क्रसफ्लो टर्बाइन ३ मेगावाट प्रतियुनिटसम्म

५. ४० एमभिएसम्मको सिंक्रोनस जेनेरेटर

६. स्वीचबोर्डस् र कन्ट्रोल सिस्टमहरू

७. गभर्नर तथा स्क्याडा सिस्टम, इनलेट भल्भ

८. वाटर–टू–वायर डिजाइन तथा डेलिभरी

कम्पनीका विशेषता

१. आफ्नै डिजाइनमा एकै छानामुनि टर्बाइन, उच्च–प्रभावकारी सिंक्रोनस जेनेरेटर, लो–भोल्टेज, हाई–भोल्टेज स्वीच गियरहरू, गभर्नर तथा स्क्याडा सिस्टम, इनलेट भल्भ र  सम्पूर्ण स्टिल वक्र्स उत्पादन एवं बिक्री

२. एकै छानोमुनि सबै उपकरण बन्ने हुँदा उही समयमा टर्बाइन, जेनेरेटर, गभर्नर र स्वीच गियरहरु एकसाथ परीक्षण र डेलिभरी

३. वाटर–टू–वायरसहित समयमै डेलिभरी, जडान, सफल परीक्षण, ट्रेनिङ दिई परियोजना हस्तान्तरण

४. गभर्नर पि.एल.सी. रिडन्डेन्सी भएको, रिलेज रिडन्डेन्सी

५. साफ्ट एन्ड मोटर ड्रिभन रिडन्डेन्ट अयल पम्प सिस्टम भएको जो कहिल्यै फेल नहुने

६. ५ वर्षे वारेन्टी

७. फोर्ज रनर र फोर्ज प्लेट पन्चिङ, मिलिङ र मेसिनिङ गरिएको जेनेरेटर पोल र रोटर

८. फर्स्ट क्लास कम्पोनेन्ट र ओरिजिनल निर्माण सामग्री तथा उपकरणमात्र प्रयोग गरिने

९. गुणस्तरीय ल्यूब प्रयोग गरी बियरिङ २५ देखि ३० वर्र्षसम्म मर्मत र परिवर्तन गर्नु नपर्ने

१०. आवधिकरूपमा प्रत्येक डब्लू.के.भी. आयोजनाहरूको निरीक्षण

११. जडानपछि छिटो र सरल सेवा

१२. एकद्वार प्रणालीबाट सम्पूर्ण जिम्मेवारी र जवाफदेहिता

१३. डिजाइन र उत्पादन कम्प्याक्ट, सुपरफाइन फिनिसिङ, मर्मत गर्न छिटो तथा सजिलो हुने गरी निर्माण

१४. प्रत्येक आयोजना आर्थिक र प्राविधिक हिसाबले फिजिबल हुने गरी डिजाइन

१५. कन्सल्टिङ (परामर्श) सेवा

१६. आफ्नै प्रयोगशालामा सधैं अनुसन्धान र विकास (रिसर्च एन्ड डेभलपमेन्ट)

१७. उच्च क्षमताका टबाईन, जेनेरेटर, गभर्नर र ट्रान्सफर्मरमात्र उपलब्ध

१८. टर्बाइनहरू परिस्कृत र अत्याधुनिक उच्च प्रविधिले सु–सज्जित, अनुभवी र दक्ष प्राविधिक विशेषज्ञता र विश्वसनीयताका साथ दशकौं टिक्ने

१९. साना जलविद्युतमा सरल म्यानुअली कन्ट्रोल गर्न सकिने

२०. ठूला जलविद्युतमा स्वचालित तथा पूर्ण अटोमेटेड कन्ट्रोल सिस्टम

२१. होसियारी साथ प्रत्येक आयोजनाको अभिलेख राखिएकाले निर्माणको वर्षौंसम्म डिजाइन र स्पेयर पार्टसको सहज उपलब्धता

कुशल डिजाइन र मजबुत उत्पादन

डब्लू.के.भी. को फ्याक्ट्रीमा टर्बाइन, जेनेरेटर, गभर्नर, कन्ट्रोल प्यानललगायत उपकरण डिजाइन र निर्माणकर्ता एकै छानामुनि बसेर काम गर्छन् । कामदारले डिजाइन बुझेन भने डिजाइनरलाई तुरुन्तै सोधेर, छलफल गरेर समस्या समाधान गर्छन् । यस कम्पनीमा जेनेरेटर बनाउनेले टर्बाइन रनर प्रकावकारी रूपमा मिल्छ कि मिल्दैन भनेर चिन्ता गर्नु पर्दैन । उत्पादन र परीक्षणपछि मात्र सप्लाई र डेलिभरी हुने हुँदा कम्पनीका टबाईन नेपालको जलविद्युतमा अति उपयोगी मान्न सकिन्छ ।

विश्वका धेरै कम्पनीले टर्बाइन र लो–भोल्टेज प्यानेल वा इनलेट भल्भ वा स्क्याडा जस्ता एकाध उपकरणमात्र उत्पादन गर्छन् । युरोपमा डिजाइन गरी भारतमा टर्बाइन उत्पादन गर्छन् । फरक–फरक कम्पनीको रनर जेनेरेटर, गभर्नर, कन्ट्रोल प्यानल हुँदा उपकरणमा हुनुपर्ने इन्टरफेस राम्रोसँग हुँदैन । यही कारण टर्बाइन जडान गर्नासाथ समस्या उत्पन्न हुन्छ ।

कमसल उपकरणकै कारण नेपाली ग्राहकले दीर्घकालसम्म दुःख पाइरहेका धेरै उदाहरण छन् । युरोपको डिजाइन, भारतीय उत्पादन भन्दै सस्तो लोकप्रियता र क्षणिक नाफा हेर्ने सस्ता टर्बाइन उत्पादकहरू बजारमा प्रशस्तै आइरहेका छन् । तर, हेर्दा उस्तै र गुणस्तरीय जस्तो लाग्ने टर्बाइनले जलविद्युत क्षेत्रलाई थला पारिसकेको अवस्था छ ।

युरोपको कुनै कन्सल्ट्यान्सीको डिजाइनमा भारतीय टर्बाइन बनाउने वर्कसप (टर्बाइन हाउजिङ र केसिङ निर्माण गर्ने कम्पनी भारतमा धेरै छन् जसलाई ब्रान्डेड भनिएका कम्पनीहरुले पनि काम गराउछन्) र रनर बनाउने कम्पनीले बुझेन भने ठूलो समस्या आउँछ । चलिहाल्छ भनेर ल्याइएका टर्बाइनको जवाफदेही को हुन्छ भन्ने कुरा ग्राहकले बुझ्न जरुरी छ ।

जलविद्युत आयोजना अत्यन्त संवेदनशील र ठूलो पुँजीले मात्रै निर्माण हुन्छन् । स्वपुँजी वा बैंक ऋण जनताकै पैसा हो । जनताको लगानीको रिटर्न (प्रतिफल) सुनिश्चित गर्नु जलविद्युत प्रवर्द्धक र बैंकको दायित्व हो । दायित्व पूरा गर्न गुणस्तरीय निर्माण सामग्री, ओरिजिनल टर्बाइन तथा जेनेरेटर प्रयोग गर्न कन्जुस्याइँ गर्नु हुँदैन । आजसम्म अधिकांश आयोजना इक्वीटी र बैंक ऋण तिर्न नसकेर टाट पल्टेका छन् । यसो हुनुको मुख्य कारण कमसल टर्बाइन प्रयोग नै हो ।

कुनै कम्पनीको मेसिन जडान गरेर आयोजनाबाट बत्ती बाल्न त सकिन्छ । तर, त्यो टर्बाइनले लगानी फिर्ता गर्छ कि गर्दैन भन्ने कुरा प्रवर्द्धक, बैंक, र लगानीकर्ताले ध्यान दिनु आवश्यक छ । यसतर्फ न प्रवर्द्धक न त बैंककै ध्यान जान सकेको छ । मै हुँ भन्ने इन्डियन, युरोपियन कम्पनीका टर्बाइन जडान भएका आयोजनाले दशकौंसम्म लगानी फिर्ता गर्न सकेका छैनन् । यसबाट लगानीकर्ता र बैंक नै मारमा परेका छन् ।

नेपालको जलविद्युत इतिहास १०७ वर्षभन्दा बढी भयो । तर, यो क्षेत्र अझै जवान भइसकेको छैन । विकासको गतिमा कुदिरहेको छ । यसैले, नयाँ–नयाँ टर्बाइन बिक्रेता दिनदिनै नेपालको जलविद्युत बजारमा प्रवेश गर्नु स्वभाविक हो । युरोपियन कम्पनी भन्दैमा सबै जेन्यून् हुन्छन भन्ने हुँदैन । ती पनि ब्यापारका लागि ब्यापारमात्रै गर्ने मनस्थितिले आएका हुन्छन् ।

सस्तो नाममा इन्डो–युरोपियन, युरो–चाइनिज मिश्रित भएर आउँछन् । यद्यपि, ती कम्पनीको नेपालमा रेफ्रेन्स छ कि छैन ? परफर्मेन्स कस्तो छ ? कति मजबुत छ ? बैंकको ऋण तिर्न सक्ने पर्फर्मेन्स देखाउन सक्छन् कि सक्दैनन् ? वा समयमा लगानी चुक्ता गर्यो वा गरेन ? कति बर्षमा ऋण तिर्न सक्यो वा दशकौं बितिसक्दा पनि तिर्न सकेन भन्ने कुरामा ध्यान दिनुपर्छ ।

उल्लेखित कुरा थाहा पाउन कुनै कम्पनीको टर्बाइन ६-७ वर्षदेखि जडान भएर चलेको हुनुपर्छ । यसतर्फ पनि प्रवर्द्धक र बैंकको ध्यान जान जरुरी छ । यसो नहुँदा आफूलाई युरोपियन ब्रान्ड भन्ने कम्पनीका टर्बाइन तथा जेनेरेटर एकै वर्षमा बिग्रेर समस्या बेहोरेका धेरै आयोजना छन् । यस्ता टर्बाइनको मारमा पर्ने र अन्त्यमा दण्डित हुने प्रवर्द्धक नै हुन् ।

सफल प्रवर्द्धकले उत्पादकले कति उपकरण आफैं डिजाइन र उत्पादन गर्न सक्छ भन्नेमा ध्यान दिनुपर्छ । यो महत्त्वपूर्ण र संवेदनशील पक्ष हो । उत्पादकले जति बढी आफैं डिजाइन र उत्पादन गर्न सक्छ त्यति नै टर्बाइन गुणस्तरीय, पर्फेक्ट इन्टरफेस र पर्फेक्ट पर्फरमेन्स हुन्छ । जत्ति उपकरणहरू आउटसोर्सिङ हुन्छ, त्यति नै काँचको घरझैं जोखिमपूर्ण हुन्छ ।

धेरैजसो आयोजना असार–साउनमा पनि पूर्ण क्षमता (फुल लोड) र कन्टिन्यूअस ओभरलोडमा चल्दैनन् । ४ मेगावाटको आयोजनाले ३.४ मेगावाटमात्रै उत्पादन दिने धेरै छन् । यस्ता समस्या चाइनिज वा यूरोपियनबेस इन्डियन टर्बाइनमा छ । टर्बाइन, जेनेरेटर र ट्रान्सफर्मरको इफिसियन्सी (दक्षता) कागजमा मात्रै आकर्षक भयो । व्यवहारमा देखिएन । यसको जिम्मेवार टर्बाइन बिक्रेता, बैंक र प्रवर्द्धक आफैं भए पनि अन्त्यमा दण्ड तथा हर्जाना तिर्ने प्रवर्द्धक एक्लै हुन्छन् ।

डब्लू.के.भी.का टर्बाइनको मूल्यमात्र हेरेर अरू कम्पनीसँग दाँज्ने हो भने हरेक प्रवर्द्धक निराश हुन्छन् । तर, विद्युत उत्पादन सुरु गरेको दिनदेखि अन्तिमसम्म प्रवर्द्धकको मुहारमा मीठो मुस्कान ल्याउने काम डब्लू.के.भी.का टर्बाइनले मात्र गर्छन् । विद्युत उत्पादन सुरु मिति (सिओडी) देखि ५–६ वर्षमा लगानी चुक्ता गर्ने टर्बाइन यिनै भएको नेपालमा प्रमाणीत भएको छ ।

कमाएर बैंकको ऋण तिर्ने, प्रवर्द्धकलाई मुनाफा दिने टर्बाइन डब्लू.के.भी. कै हुन् । यसको ज्वलन्त उदाहरण पिलुवा खोला हो । जसले साढे ४ वर्षमा लगानी उठाएको थियो । कमसल र सस्ता टर्बाइनले विद्युत उत्पादन भएको दिनदेखि नै निराश बनाउँछन् । बिजुली बेचेर मुनाफा दिने नभएर, आफैंले कमाएर वा घर धरौटी राखेर वा बेचेर बैंक ऋण र हर्जाना तिर्नुपर्ने अवस्थाका आयोजना प्रवर्द्धक पनि छन् । धेरै प्रवर्द्धक पीडा दबाएर बसेका छन् । सस्तो टर्बाइनले क्षणभर आनन्द दिन्छ । अन्त्यसम्म आनन्द र खुसी हुने डब्लू.के.भी. टबाईन प्रयोगकर्ता मात्र हुन् ।

जलविद्युत आयोजनाका लागि मजबुत उपकरण स्वस्थ मुटु समान हुन्छन् । मजबुत र ओरिजिनल टर्बाइनले मात्रै शतप्रतिशत उत्पादन दिन्छ । निर्धारित समयमै रिटर्न सुनिश्चित गर्न सक्छ । डब्लु.के.भी.का टर्बाइन, जेनेरेटर, गभर्नर, कन्ट्रोल प्यानेल र इनलेट भल्भ प्रविधिको विकाससँगै परिस्कृत तथा आधुनिक छन् । फेलसेफ डिजाइन हुँदा तुलनात्मकरूपमा कम मर्मत गर्नुपर्ने र धेरै टिक्ने गरी उत्पादन गरिएको हुन्छ ।

कम्पनीले जर्मनीमै बनेको रेन्क बियरिङ राम्रो ल्यूबको प्रयोग गरेको हुन्छ । जुन २५–३० वर्षसम्म केही हुदैन, यसका पनि नेपालमा उदाहरण छन् । जसरी पनि टर्बाइन बेचौं भन्ने नीति भन्दा फेलसेफ, गुणस्तरीय र ऋण तिरेरै छोड्ने पर्फरमेन्सका टर्बाइन उत्पादन तथा बिक्रीमा कम्पनीको जोड छ । सामान बेचेपछि गुणस्तरीय सेवा दिई बैंक तथा प्रवर्द्धकको लगानी सुनिश्चित गर्नुमा पनि डब्लू.के.भी.को दायित्व जोडिएको छ ।

बिक्रीपछिको सेवा

बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) बारे जलविद्युत प्रवद्र्धकहरू अलि बढी चिन्तित देखिन्छन् । चिनियाँ तथा भारतीय टर्बाइन प्रयोग भएका आयोजनामा सिओडि गरेकै दिनदेखि प्राविधिक गडबडी र कठिनाईका कारण पनि हुन सक्छ । सुरुमै आउने समस्या विद्युतगृहमा नभएका पनि होइनन् । सिओडी सुरु हुनासाथ कमसल जेनेरेटर पोल क्र्याक हुने, वेल्डिङ छुट्ने, आगलागी हुने समस्या आउँछन् ।

रनर क्र्याक हुने, सिंक्रोनस सिस्टम, बियरिङ र गभर्नरमा समस्या आउने, साफ्ट सिल लिक हुने पाइएको छ । कुलिङ सिस्टम, मेन इनलेट भल्भलगायत उपकरणमा विभिन्न समस्या आइरहने हुन्छ । डब्लू.के.भी. टर्बाइनमा समस्यै नआउने भन्ने होइन तर तुलनात्मकरूपमा धेरै कम हुन्छ । यद्यपि, उत्पादनमै बाधा पुर्याउने गरी ठूलो समस्या आउँदैन । यसो भएको भए पिलुवा खोलाले साढे ४ वर्षमै ऋण तिरेर लगानी फिर्ता गर्नै सक्थेन ।

आफ्टर सेल्स सर्भिसबारे हाम्रा नेपाली ग्राहकबाट अहिलेसम्म गुनासो आएको छैन । अन्य कम्पनीको बियरिङ २–३ वर्षमै मर्मत गर्नुपर्ने खालका हुन्छन् । यो कम्पनीका टर्बाइनको बियरिङ १४–१५ वर्षसम्म एक्स्ट्रिम कन्डिसनमा चलाए पनि समस्या नआएको अनुभव छ ।  राम्रो ल्यूब प्रयोग गरे जर्मनीमा बनेका रेन्क बियरिङ २५–३० वर्षसम्म बिनाझन्झट चल्छन् । यद्यपि, हामीले आफ्टर सेल्स सर्भिसलाई प्रतिस्पर्धी, सहज र छरितो बनाएका छौं ।

ग्राहक सुविधा

१. प्रत्येक डब्लु.के.भि. विद्युतगृको आवधिक निरीक्षण

२. एकद्वार जिम्मेवारी, जवाफदेहिता र एकलबिन्दु सेवा

३. प्रत्येक विद्युतगृहका प्राविधिक र अपरेटरलाई ट्रेन अप गरी दक्ष बनाउन आवद्यिक तालिम

३. रिमोट मेन्टिनेन्स सेवा तथा सुविधा

४. विद्युतगृहका उपकरणको रियल टाइम अवस्थितिको जानकारी दिई सम्भावित भवितब्यबारे मेसेज अलार्म स्क्याडा सिस्टमबाट स्वचालित

५. टबाईन, गभर्नर, मेन इनलेट भल्भ, जेनेरेटर, ट्रान्सफर्मर, प्रोटेक्सन रिलेज, कन्ट्रोल प्यानल, पि.एल.सी. यु.पि.एस., लो–भोल्टेज, मिडियम–भोल्टेज स्वीच गियर, हाई–भोल्टेज स्वीचयार्ड, डिजेल जेनेरेटर लगायत बढी मर्मत गर्नुपर्ने उपकरणका पार्टपुर्जा कम्पनीको नेपाल कार्यालयबाट उपलब्ध

६. साना समस्या समाधान र उपकरण मर्मत गर्ने दक्ष प्राविधिक नेपालमै उत्पादन

७. ठूलो समस्या देखिए २४ घन्टाभित्र पहिचान गरी ४८ घन्टाभित्र आवश्यक प्राविधिक परिचालन

(सुब्बा, डब्लू के.भी. का नेपाल प्रतिनिधि हुन्)

प्रतिक्रिया दिनुहोस


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="