Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८३५७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८८२ मे.वा. घन्टा
  • भारत : ४२८४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अरुण तेस्रोको २४ प्रतिशत निर्माण पूरा, ४ वर्षमा विद्युत उत्पादन

ऊर्जा खबर मङि्सर ०६, २०७६   1867

खबर



काठमाडौं । भारतीय लगानीमा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना २४ प्रतिशत पूरा भएको छ । संखुवासभाको अरुण नदीमा निर्माणाधीन आयोजनाले डेढ वर्षमा यो प्रगति हासिल गरेको हो ।

आयोजनाको मुख्य सुरुङ ४ स्थानबाट खन्ने काम भइरहेको सतलुज विद्युत निगम अरुण–३ पावर डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले बताए । उनका अनुसार आयोजनाको संरचना निर्माणको काम लक्ष्य अनुसार नै भइरहेको छ । अहिले सबै सिभिल संरचनाको निर्माण समानरुपले भइरहेको छ । आयोजनाको मुख्य सुरुङ ११.७ किलोमिटर लामो छ ।

ad

‘सुरक्षाको कारणले बेला–बेलामा अवरोध हुने गरेको छ,’ राजधानीमा जारी सातौं ऊर्जा सम्मेलनमा बोल्दै उनले भने, ‘तै पनि हामी निर्धारित तालिकाभित्रै विद्युत उत्पादन सुरु गर्ने गरी काम गरिरहेका छौं ।’ उनले २०८० असोज (सेप्टेम्बर, सन् २०२३ ) भित्र पहिलो युनिटको उत्पादन सुरु गरिने बताए ।

आयोजनाबाट उत्पादन विद्युतमध्ये २१.९ प्रतिशत नेपालले निशुल्क पाउने पनि उनले बताए । अरुण तेस्रोले उत्पादन गर्ने विद्युत ३ सय किलोमिटर लामो ४ सय केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरेर भारत निर्यात हुनेछ ।

अरुण तेस्रोपछि पनि सतलुजले नेपालको जलविद्युतमा थप लगानी गर्न चाहेको बताए । जलविद्युतमा लगानी गर्दै आएको सतलुजले सन् २०२३ भित्र ५ हजार, २०३० भित्र १२ हजार र २०४० भित्र २५ हजार मेगावाट विद्युत उत्पाद गर्ने गरी काम गरिरहेको उनले जानकारी दिए ।

जिएमआर इनर्जीका प्रमुख सञ्चालन अधिकारी हरबिन्दर मनोचाले माथिल्लो कर्णालीको विद्युत बंगालादेशमा बिक्री गर्न विद्युत खरिद दर (पिपिए) को टुङ्गो लागिसकेको बताए । ‘नेपालमा उत्पादन हुने विद्युत भारतको बाटो हुँदै बंगालादेश लगेर बिक्री गर्न पिपिएको टुङ्गो लागिसकेको छ,’ उनले भने, ‘बंगालादेशको मन्त्रीपरिषदबाट पारित भएपछि सार्वजनिक गर्छौं ।’

माथिल्लो त्रिशूली–१ पछि माथिल्लो कर्णालीमा नै सबैभन्दा ठूलो वैदेशिक लगानी नेपालमा आउन लागेको उनले दाबी गरे । जिएमआरलाई सतलुजसँग तुलना गरेर हेरिने गरेको भन्दै उनले जिएमआर पूर्णरूपमा निजी कम्पनी भएको बताए ।

ऋण लगानी गर्ने वित्तीय संस्थाहरुसँग सम्झौता गरेर आयोजनाो संरचना निर्माण गर्न सुरु गरिने उनले जानकारी दिए ।अहिले आयोजना स्थलमा पर्ने वन क्षेत्रको रुख कटानको काम गरिरहेको उनले बताए ।

राजधानीमा बिहीबारबाट सुरु भएको सम्मेलन शुक्रबार सकिँदैछ ।  भारत, बंगालादेश, चीनलगायत देशबाट सहभागीहरु सम्मेलनमा सहभागी हुन आएका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="