Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८००६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२५ मे.वा. घन्टा
  • भारत : ९६८३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३३१४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अरुण तेस्रोमा भएको बम आक्रमणकाे इपानाद्वारा भत्सर्ना

ऊर्जा खबर माघ २८, २०७५   2004

खबर



काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादनकहरुको संस्था, नेपाल (इपान) ले भारतीय लगानीमा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा भएको बम आक्रमणको भत्सर्ना गरेको छ । इपानले सोमबार विज्ञप्ती निकालेर घटनाको निन्दा गरेको हो ।

ad

विद्युतगृह र चौंथो अडिटमा भएको बम बिष्फोट गराएर आयोजनाको डिजी सेट र बुमरमा भएको क्षतिको इपानले विरोध जनाएको छ । ‘निर्माणाधीन आयोजनामा बम बिष्फोट गराएर त्रास फैलाउने काम विगतदेखि भइरहेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘ यस्ता घटना निरुत्साहित गर्ने कुनै संयन्त्र नहुँदा जलविद्युत क्षेत्रमा नकारात्मक सन्देश प्रवाह भएको छ ।’

बम आक्रमणका घटना रोक्न नसक्दा स्वदेशी तथा विदेशी लगानीकर्ता निरुत्साहित भइ १० वर्षमा १५ हजार विद्युत उत्पादन गर्ने लक्ष्य पूरा हुन नसक्ने भन्दै इपानले सरकारको ध्यानाकर्षण गराएको छ ।

ad

स्वदेशी तथा विदेशी लगानीमा निर्माण हुने आयोजना निश्चित अवधिपछि सरकारकै हुने हुँदा सुरक्षाको प्रत्याभुति गराउन इपानले सरकारको ध्यानाकर्षण गराएको छ ।

अरुण तेस्रो आयोजना स्थलमा बिहीबार राति (माघ २४ गते) अज्ञात समूहले बम विष्फोट गराएको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="