Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९७७६ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०७७१ मे.वा. घन्टा
  • भारत : २५०२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०४९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अरुण भ्याली समूहले एक महिनामा ४३ मेगावाट विद्युत प्रणालीमा जोड्यो

ऊर्जा खबर असोज १७, २०७६   4573

जलस्रोत



काठमाडौं– अरुण भ्याली हाइड्रो पावर समूहले ४३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको छ । समूहले असोज महिनाभित्र ३ जलविद्युत आयोजनाकाे उत्पादन सुरु गरेर याे परिमाणकाे विद्युत प्रणालीमा जाेडेकाे हाे ।

असोज महिनामा ९.९ मेगावाटको ईवाखोला, २५ मेगावाटको काबेली ‘बी’–१ र ८ मेगावाटको माथिल्लो नौगाडले विद्युत उत्पादन सुरु गरेको समूहका सञ्चालक गुरूप्रसाद न्यौपानेले बताए । उनले एक महिनाको अवधिमा ३ जलविद्युत आयोजनाको उत्पादन सुरु हुनु निजी क्षेत्रको सफलता भएको बताए ।

ad

अरुण काबेली इनर्जी कम्पनीले निर्माण गरेको २५ मेगावाटको काबेली ‘बी’–१ ले बिहीबारबाट उत्पादन सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणको अमरपुर सबस्टेसनमा आयोजनाको विद्युत जोडिएको छ । यो आयोजना सम्पन्न गर्न ५ अर्ब रुपैयाँ खर्च भएको छ ।

यस्तै, समूहकाे सहायक अपि पावर कम्पनीले निर्माण गरेको ८ मेगावाटकाे माथिल्लो नौगाडले गत असोज ५ गतेबाट उत्पादन सुरु गरेको छ । प्राधिकरणको बलाँच सबस्टेसनमा आयोजनाको विद्युत जोडिएको छ । यो आयोजना १ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको न्यौपानेले बताए ।

अर्को सहायक रैराङ हाईड्रोपावर कम्पनीले निर्माण गरेको ईवाखोलाले असोज ३ गतेबाट विद्युत उत्पादन सुरु गरेको हो । ईवाखोला १ अर्ब ८० करोड रुपैयाँमा सम्पन्न भएको हो । यो आयोजनाको विद्युत पनि १३२ केभी काबेली कोरिडोर प्रसारण लाइनको अमरपुर सबस्टेसनमा जोडिएको छ ।

४३ मेगावाट थपिएसँगै यस समूहले राष्ट्रिय प्रणालीमा साढे ५७ मेगावाट विद्युत जोडेर योगदान गरेको छ । यो समूहले निर्माण गरेका साढे ८ मेगावाटकाे नौगाड, ३ मेगावाटको पिलुवा, २.४ मेगावाटको रिडी र ५०० किलोवाटको रैराङले विद्युत उत्पादन गरिरहेका छन् । अब यस समूहकाे लगानीमा सम्पन्न भएर विद्युत उत्पादन गर्ने आयोजनाकाे संख्या ७ पुगेकाे छ ।

अहिलेसम्म जलविद्युत आयोजनामा मात्रै लगानी गरिरहेको यस समूहको सहायक रिडीले बुटवलमा साढे ८ मोगावटको सौर्य विद्युत आयोजना निर्माण गरिरहेको छ । निर्माणाधीन यो सौर्य विद्युत आयोजना ६४ करोड ५० लाख रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="